Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीको पिकनिक स्पोर्ट्समा चहलपहल सुरु

spot_img
spot_img

मेघराज राय //
जीराभवानी । ठोरीको पर्यटकीय स्थल तथा पिकनिक स्पोर्ट्सहरुमा चहलपहल सुरु भएको छ ।

दीपावली र छठ सकिएसँगै आन्तरिक पर्यटकहरुको आवतजावत सुरु भएको हो । आईतवार बिरगंज, कलैया, पोखरीया जीराभवानी पटेर्वासुगौली लागायतका स्थानका व्यक्तिहरु स परिवार आएर पिकनिक मनाएका थिए ।

शनिबार पनि ठोरीको पिकनिक स्पोर्ट्सहरुमा भिड रहेको थियो । भारतीय नागरिकहरु भने नेपाल प्रवेश नगरेको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहलले बताए ।

दाहालका अनुसार भारतीय एसएसबिले पनि निग्रानी गरिरहेको छ भने सशस्त्र प्रहरीहरुले पनि कडाइका साथ सीमामा निग्रानी गरेका छन ।

प्रत्येक वर्ष यो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको भएता पनि यस वर्ष भने बल्लतल्ल अलिअली आन्तरिक पर्यटकहरु आउन सुरु गरेको निर्मल ठोरी उपभोक्त समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।

ठोरी गाउँपालिका भित्रका विभिन्न गाउँटोलका व्यक्तिहरु पनि दैनिक जसो बनभोज मनाउन आउन थालेका छ्न् भने ठोरी बहिरका पनि छिटफुट सहभागीहरु आउने गरेका स्थानीयहरुको भनाइ छ ।

ठोरीको राइधारा, ठुटेखोला परिसर लगायतका स्थानहरु केही दिनदेखि भरिभराउ हुन थालेको छ । कोभिड १९ ले गर्दा नेपाल भारतको सीमा नाका औपचारिक रुपमा नै बन्द भएका कारणले भने भारतीय पर्यटकहरु भने ठोरी आउन पाएका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...