Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

आर्यनको जोडी बन्न सुहानालाई प्रस्ताव

spot_img
spot_img

नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’पछि नै चर्चामा रहेकी सुहानाले होम प्रोडक्शन भन्दा बाहिरको चलचित्रमा काम गरेकी छैनन् ।

तर, सुहानालाई चलचित्रको अफर भने आइरहेको छ । शनिबार घोषणा भएको चलचित्र ‘डिसेम्बर फल्स’बाट पनि सुहानालाई अफर गएको वुझिएको छ । नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्रका लागि नायिकाको खोजी जारी छ ।

सुहानाका पिता सुनिल कुमार थापाले पनि ‘डिसेम्बर फल्स’बाट अफर आएको कुरा स्विकार गरे । उनले भने–‘सुहानालाई चलचित्रको अफर आएको थियो । उनले स्क्रिप्ट पनि पढिसकेकी छिन् । तर, काम गर्ने वा नगर्ने पक्का भएको छैन ।’

यो चलचित्रले नायक र नायिकाको उमेर अन्तरको कथालाई देखाउनेछ । यसैले पनि आर्यनका लागि सुहानालाई अफर गरिएको वुझिएको छ ।

सुहानाले पनि चलचित्रको कथा मन पराएकाले काम गर्ने विश्वास निर्माणपक्षको छ । चलचित्रको छायांकन माघबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष रहनुको एक कारण सुहानाले काम गर्छिन् भन्ने आशा पनि हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...