Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाकाे शुभकामना अदानप्रदान, पाेखरिया अस्पतालाई भेन्टिलेटर

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा जनता समाजवादी पार्टी (जसपा) काे शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । जसपा पोखरिया नगरपालिकाको आयोजनामा छ्ठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पाेखरिया अस्पतालसंग मेराे आतमियता रहेकोले अस्पतालकाे बिकासकाे लागि आफु सहयोग गर्न सदैव तयार रहेकाे वताए ।

अस्पतालको कर्मचारीदेखि हरेक कुरा व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको उनकाे भनाई थियाे । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका मुख्यमन्त्री गद्दीले पोखरियालाई सेटे लाइट सहरमा रुपमा बनाइने वताए । 

पोखरिया नगरपालिकाकी उप मेयर सालमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरि, मन्जुर अन्सारी, मेयर दिपनारयण रौनियार, जसपा नेता शिव पटेल, नेजामुदिन सम्मानी, रामनरेश यादव, तबरेज अहमद, वडाध्यक्ष लक्षुमन साह कानु, युएनडिपिका प्रतिनिधि बिपुल झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत राजु साह र संचालन उमेश पटेलले गरेका थिए ।

साेही कार्यक्रममा युएनडिपिको सहयोगमा पोखरिया अस्पताललाई एक थान भेन्टिलेटर प्रदान गरिएकाे थियाे । रु ३७ लाख पर्ने भेन्टिलेटर १ थान र अक्सिजन कन्स्लटेटर १ थान मुख्यमन्त्री गद्दीले अस्पतालका अध्यक्ष लक्षुमन साह र मेसु अनिल यादवलाई हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...