Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

दिपावली कै राति पर्सामा आगलगी, एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा गएराति आगलगी हुदा एक जनाकाे मृत्यु भएकाे छ ।

दिपावली मनाउ बालिएकाे दियाेले मनबाेध साहकाे फुसकाे घरमा आगलगी हुदा साेही घरमा सुति रहेकी उनकाे १५ बर्षिय छाेरी मना कुमारी साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु भएकाे युवतीकाे शव पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताए ।

राती १० बजेकाे करिबमा भएकाे आगलगीले घरमा रहेकाे लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरकाे क्षति समेत भएकाे पिडितले जनाएका छन् ।

स्थानियहरुका अनुसार आगलगी भएकाे घर नजिकै एउटा अझै मनवाेधकाे कंची (खप्डा) घर रहेकाे छ । कंची घरमा सुितरहेकाे मनवाेधका परिवारका अन्य सदस्यहरु बांच्न सफल भएका छन् ।

फुसकाे घरमा आगलगी भएकाे हल्ला भएपछि कंची घरमा सुति रहेकाे व्यक्तिहरु थाह पाए लग्तै निस्केका थिए । तर आगलगी भएकाे फुसकाे घरमा एकलै सुति रहेकी मना निस्कन नसकेपछि मृत्यु भएकाे स्थानियहरुकाे भनाई छ ।  

आगलगी स्थलमा एउटा पनि दमकल पुग्न नसके पनि प्रहरीकाे सहयाेगमा स्थानियहरु आधि घण्टा पछि आगाे निभाउन सफल भएका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...