Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

दिपावली कै राति पर्सामा आगलगी, एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा गएराति आगलगी हुदा एक जनाकाे मृत्यु भएकाे छ ।

दिपावली मनाउ बालिएकाे दियाेले मनबाेध साहकाे फुसकाे घरमा आगलगी हुदा साेही घरमा सुति रहेकी उनकाे १५ बर्षिय छाेरी मना कुमारी साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु भएकाे युवतीकाे शव पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताए ।

राती १० बजेकाे करिबमा भएकाे आगलगीले घरमा रहेकाे लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरकाे क्षति समेत भएकाे पिडितले जनाएका छन् ।

स्थानियहरुका अनुसार आगलगी भएकाे घर नजिकै एउटा अझै मनवाेधकाे कंची (खप्डा) घर रहेकाे छ । कंची घरमा सुितरहेकाे मनवाेधका परिवारका अन्य सदस्यहरु बांच्न सफल भएका छन् ।

फुसकाे घरमा आगलगी भएकाे हल्ला भएपछि कंची घरमा सुति रहेकाे व्यक्तिहरु थाह पाए लग्तै निस्केका थिए । तर आगलगी भएकाे फुसकाे घरमा एकलै सुति रहेकी मना निस्कन नसकेपछि मृत्यु भएकाे स्थानियहरुकाे भनाई छ ।  

आगलगी स्थलमा एउटा पनि दमकल पुग्न नसके पनि प्रहरीकाे सहयाेगमा स्थानियहरु आधि घण्टा पछि आगाे निभाउन सफल भएका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...