27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लागु औषधसहित मुर्लीका युवक पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागुु औषधसहित एक युवकलाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण व्युराे शाखा कार्यालय वीरगंजबाट प्रहरी नायब निरिक्षक तुल प्रसाद पुडासैनीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले वीरगंज १३ मुर्ली निवासी बर्ष १९ का अलि अकतर मंसुरीलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा बिहिबार सांझ ६ बजे पक्राउ परेका मंसुरीकाे साथबाट लागु औषध wincirex १० बाेतल र नाइट्राेभेट १५० पिस फेला परेकाे प्रहरी नायब निरिक्षक पुडासैनीले वताए ।

मंसुरीमाथी शंका लाग्दा निजले बाेकी ल्याएकाे झाेला खाेली हेर्दा लागु औषध फेला परेपछि नियन्त्रणमा लिएर कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे उनले जानकारी गराए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.589 sec. Memory consumption:81.45 mb