Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

दाइजोमा मोटरसाइकल नदिएका कारण छोरीकाे हत्या भएकाे आरोप

spot_img
spot_img

वीरगन्ज । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं. २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको हत्या गरिएको आरोप लगाएका छन् ।

छोरीको विवाह भएको चार महिना नवित्दै दाइजो स्वरुप मोटरसाइकलको बहानामा हत्या गरि आत्महत्या गरेको भनेर देखाउन खोजेको बताएका छन् । उनले सोही नगरपालिकाको वडा नं. १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग यही २०७७ असार १४ गते हिन्दु रितिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो ।

विवाहको बखत दाइजो वापत एक रुपैया नलिई केटा केटी पक्षले आआफ्नो खर्च आफै व्यवहोर्ने भनेर सहमति भएकोमा विवाहको दिनभन्दा दुई दिन अगाडि दाइजो स्वरुप ५ लाख नगद तथा मोटरसाइकल माग गरेका थिए । कोरोनाको कारण मुलुकमा लकडाउन रहेकोले तत्काल दाइजो दिन असमर्थ भएका केटी पक्षले आफूले सकेजति १ लाख ४० हजार नगद केटा पक्षलाई दिएर लकडाउन पश्चात मोटरसाइकल दिने सहमतिमा विवाह गराएका थिए ।

विवाह भएको एक महिना नवित्दै ससुरा पक्षबाट मोटरसाइकलको लागि छोरी कल्पा पटेललाई मानसिक यतना दिन थालियो र त्यस पश्चात दुई महिनासम्म छोरीलाई सम्पर्कविहीन बनाएर यही कात्तिक २६ गते बुधबार दिउँसो १ बजे गाउँका अन्य व्यक्तिबाट आफ्नो छोरीले आत्महत्या गरेको भनेर खबर आयो ।

आत्महत्या गरेको खबर सुन्ने वित्तकै आफू आकाशबाटै खसेझै महसुस भएको पीडित बुवाले आफ्नो छोरीले आत्महत्या नगरि ससुरा पक्षले हत्या गरेर आत्महत्या गरेको भनेर देखाउन खोजेको बताए । उनले ससुरा रामएकवाल सिंह, माहिलो दाई सुरेश सिंह, भाई युवराज सिंह भन्ने नरेश पटेल तथा सासुहरुको मिलोमतोमा छोरीको हत्या गरेर आत्महत्या देखाउन खोजिएको बताए ।

उनले दाईजो वापतको मोटरसाइकल लकडाउन पश्चात दिने भनेअनुसार भर्खरै एक हप्ता अगाडि मोटरसाइकल लिन आउन भनेपनि कोही नआएको र छोरीको हत्या गरेको बताए । उनका अनुसार त्यही केटाले आफ्नो ठुली छोरीको पनि हत्या गरेको बताए । सानो छोरी कल्पा पटेलसँग विवाह हुनु भन्दा अघि ठुली छोरी अमलादेवीसँग २०६५ सालमा विवाह भएको थियो ।

विवाह भएको १० वर्षपछि ससुरा पक्षले यही २०७७ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा आयोजित भोज भतेरको मौका छोपेर छोरीलाई खानामा विष हालेर खुवाई खुवाएर ज्यान लिएको आरोप लगाए । विष खाएर गम्भिर अवस्थामा पुगेकी छोरीलाई आफैले तत्काल वीरगन्ज स्थित हेल्थ केयर अस्पतालमा उपचार गराएकोमा स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो ।

नेशनल मेडिकल कलेजमा उपचारार्थ छोरी अमला देवीको २०७७ वैशाख ३ गते विहान ११ः३० बजेको समयमा निधन भयो । अमलादेवीकी ९ वर्षीय छोरी नेहा कुमारी तथा ६ वर्षीय छोरा अँकुश कुमार रहेका छन् । छोरा छोरीलाई स्यहार सुधार गर्ने भन्ने उद्देश्य सहित सामाजिक दबाब अनुसार सानो छोरी कल्पा पटेलसँग विवाह गरेको बताए । छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

छोरीको मृत्यु पश्चात ससुरा पक्षका उल्लेखित सम्पूर्ण सदस्यहरु फरार रहेका छन् । मृतक छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि सामाजिक परम्परा अनुसार दाहसँस्कार गरिएको पीडित बुवाले गुनासो पोखे । उनले घटनालाई सत्यतथ्य छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

उनले आफूले एउटा नभई दुईवटा छोरी गुमाएको बताए । आफ्नै ठुलो छोरीको बच्चाहरुलाई राम्ररी पालन पोषण गर्न बच्चाको सानो आमाभन्दा अरु कोही उपयुक्त नहुने भन्दै सामाजिक दबाब आएपछि त्यही केटासँग सानो छोरीको पनि बाध्य भएर विवाह गराएको थिए तर यस्तो दिन आउँछ भनेर सोच्नै नसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...