Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

दाइजोमा मोटरसाइकल नदिएका कारण छोरीकाे हत्या भएकाे आरोप

spot_img
spot_img

वीरगन्ज । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं. २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको हत्या गरिएको आरोप लगाएका छन् ।

छोरीको विवाह भएको चार महिना नवित्दै दाइजो स्वरुप मोटरसाइकलको बहानामा हत्या गरि आत्महत्या गरेको भनेर देखाउन खोजेको बताएका छन् । उनले सोही नगरपालिकाको वडा नं. १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग यही २०७७ असार १४ गते हिन्दु रितिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो ।

विवाहको बखत दाइजो वापत एक रुपैया नलिई केटा केटी पक्षले आआफ्नो खर्च आफै व्यवहोर्ने भनेर सहमति भएकोमा विवाहको दिनभन्दा दुई दिन अगाडि दाइजो स्वरुप ५ लाख नगद तथा मोटरसाइकल माग गरेका थिए । कोरोनाको कारण मुलुकमा लकडाउन रहेकोले तत्काल दाइजो दिन असमर्थ भएका केटी पक्षले आफूले सकेजति १ लाख ४० हजार नगद केटा पक्षलाई दिएर लकडाउन पश्चात मोटरसाइकल दिने सहमतिमा विवाह गराएका थिए ।

विवाह भएको एक महिना नवित्दै ससुरा पक्षबाट मोटरसाइकलको लागि छोरी कल्पा पटेललाई मानसिक यतना दिन थालियो र त्यस पश्चात दुई महिनासम्म छोरीलाई सम्पर्कविहीन बनाएर यही कात्तिक २६ गते बुधबार दिउँसो १ बजे गाउँका अन्य व्यक्तिबाट आफ्नो छोरीले आत्महत्या गरेको भनेर खबर आयो ।

आत्महत्या गरेको खबर सुन्ने वित्तकै आफू आकाशबाटै खसेझै महसुस भएको पीडित बुवाले आफ्नो छोरीले आत्महत्या नगरि ससुरा पक्षले हत्या गरेर आत्महत्या गरेको भनेर देखाउन खोजेको बताए । उनले ससुरा रामएकवाल सिंह, माहिलो दाई सुरेश सिंह, भाई युवराज सिंह भन्ने नरेश पटेल तथा सासुहरुको मिलोमतोमा छोरीको हत्या गरेर आत्महत्या देखाउन खोजिएको बताए ।

उनले दाईजो वापतको मोटरसाइकल लकडाउन पश्चात दिने भनेअनुसार भर्खरै एक हप्ता अगाडि मोटरसाइकल लिन आउन भनेपनि कोही नआएको र छोरीको हत्या गरेको बताए । उनका अनुसार त्यही केटाले आफ्नो ठुली छोरीको पनि हत्या गरेको बताए । सानो छोरी कल्पा पटेलसँग विवाह हुनु भन्दा अघि ठुली छोरी अमलादेवीसँग २०६५ सालमा विवाह भएको थियो ।

विवाह भएको १० वर्षपछि ससुरा पक्षले यही २०७७ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा आयोजित भोज भतेरको मौका छोपेर छोरीलाई खानामा विष हालेर खुवाई खुवाएर ज्यान लिएको आरोप लगाए । विष खाएर गम्भिर अवस्थामा पुगेकी छोरीलाई आफैले तत्काल वीरगन्ज स्थित हेल्थ केयर अस्पतालमा उपचार गराएकोमा स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो ।

नेशनल मेडिकल कलेजमा उपचारार्थ छोरी अमला देवीको २०७७ वैशाख ३ गते विहान ११ः३० बजेको समयमा निधन भयो । अमलादेवीकी ९ वर्षीय छोरी नेहा कुमारी तथा ६ वर्षीय छोरा अँकुश कुमार रहेका छन् । छोरा छोरीलाई स्यहार सुधार गर्ने भन्ने उद्देश्य सहित सामाजिक दबाब अनुसार सानो छोरी कल्पा पटेलसँग विवाह गरेको बताए । छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

छोरीको मृत्यु पश्चात ससुरा पक्षका उल्लेखित सम्पूर्ण सदस्यहरु फरार रहेका छन् । मृतक छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि सामाजिक परम्परा अनुसार दाहसँस्कार गरिएको पीडित बुवाले गुनासो पोखे । उनले घटनालाई सत्यतथ्य छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

उनले आफूले एउटा नभई दुईवटा छोरी गुमाएको बताए । आफ्नै ठुलो छोरीको बच्चाहरुलाई राम्ररी पालन पोषण गर्न बच्चाको सानो आमाभन्दा अरु कोही उपयुक्त नहुने भन्दै सामाजिक दबाब आएपछि त्यही केटासँग सानो छोरीको पनि बाध्य भएर विवाह गराएको थिए तर यस्तो दिन आउँछ भनेर सोच्नै नसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...