Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

श्राद्ध गर्न आँटेको आमा भेटिँदा खुसीका आँशुको बर्षा

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंजले बिछोड भएका ४ जनाकाे पारिवारिक पुनर्मिलन गराएकाे छ । 

मानवसेवा आश्रमको बीरगञ्ज शाखाका सेवा लिईरहेका १ पुरुष र ३ महिलाकाे पुनर्मिलन भएकाे छ । भारतकाे बिहार घर वताउने उनीहरुलाई आश्रमकाे टिमले मंगलबार उनीहरुले बताउने ठाउँतिर लग्यो । सबैजना मानसिक रुपमा कमजोर भएपनि आश्रमको औषधीउपचार पछि घर परिवार सम्म बताउन सक्ने भएका थिए ।

आश्रमका वीरगंज शाखा संयाेजक दिवेश मानवसेवाका अनुसार २०७३ साल असार १६ गते आश्रमले मानसिक तथा शारिरीक रुपमा कमजोर रहेकी अन्दाजी ४० बर्षीय महिलालाई उद्धार गरेर मिरा मानव नामाकरण ग¥यो । त्यसपछि उनी सबैकी मिरा दिदी बनिन् । मंगलबार भएको पहिलो पारिवारिक पुनर्मिलनमा बास्तविक नाम प्रतिमा मिश्र (मिरा दिदी) लाई सिरिवास बजार, बिहारमा बसोबास गर्ने २२ बर्षीय छोराले जिम्मा लिए ।

यस्तै पन्नापुर (मज्जफरपुर) को एक परिवार ३ वर्षदेखी खोजि गरिरहेकी आमा नभेटिएपछि उनको श्राद्ध गर्ने अन्तिम तयारीमा जुट्दै थियो । त्यसैक्रममा एककासी मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलनको लागि रिजर्व गरेको गाडी श्राद्ध गर्न आँटेको परिवारको घर अगाडी रोकियो ।

गाडीको पछाडीको सिटबाट जब उनी झरिन् वातारण नै शुन्य भयो । अनि निस्कीयो पीडा र हर्ष सहितको आँशु । बीरगञ्ज महानगरपालिका, श्रीराम हल नजिकबाट उद्धार गरिएकी चमेली मानवको जो मानसिक साथै चर्मरोगको समस्याबाट समेत पिडीत थिईन् । 

यस्तै ५३ बर्षकी हेटौंडा उपमहानगरबाट उद्धार गरिएकी आश्रमले सुन्दरी आमा नाम राखिदिएको वास्तविक नाम लिलादेवी मिश्र रहेकी महिलालाई भेल्दी (सलखुवा), बिहार स्थित उनको माइतीमा पारिवारिक पुनर्मिलन गराएको छ । ३ वर्ष अगाडी माईतीबाट नै सामान किन्न बजार गएकी उनी कसरी नेपालमा पुगिन् भन्ने यकिन जानकारी छैन । ३ वर्षपछि माइती भेटिएपछि उनी खुसी छन् र माइतीले पनि स्वीकार गर्दै खुसीसाथ जिम्मा लिएको छ ।

बिहान ६ बजे बीरगञ्जबाट हिँडेको आश्रमको टिमले राति १ बजे पुनः बीरगञ्ज फर्किँदासम्ममा ३ वटा सुन्दर पारिवारिक पुनर्मिलन गराएको छ र सबैजनालाई परिवारले खोजि गरिरहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...