Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

श्राद्ध गर्न आँटेको आमा भेटिँदा खुसीका आँशुको बर्षा

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंजले बिछोड भएका ४ जनाकाे पारिवारिक पुनर्मिलन गराएकाे छ । 

मानवसेवा आश्रमको बीरगञ्ज शाखाका सेवा लिईरहेका १ पुरुष र ३ महिलाकाे पुनर्मिलन भएकाे छ । भारतकाे बिहार घर वताउने उनीहरुलाई आश्रमकाे टिमले मंगलबार उनीहरुले बताउने ठाउँतिर लग्यो । सबैजना मानसिक रुपमा कमजोर भएपनि आश्रमको औषधीउपचार पछि घर परिवार सम्म बताउन सक्ने भएका थिए ।

आश्रमका वीरगंज शाखा संयाेजक दिवेश मानवसेवाका अनुसार २०७३ साल असार १६ गते आश्रमले मानसिक तथा शारिरीक रुपमा कमजोर रहेकी अन्दाजी ४० बर्षीय महिलालाई उद्धार गरेर मिरा मानव नामाकरण ग¥यो । त्यसपछि उनी सबैकी मिरा दिदी बनिन् । मंगलबार भएको पहिलो पारिवारिक पुनर्मिलनमा बास्तविक नाम प्रतिमा मिश्र (मिरा दिदी) लाई सिरिवास बजार, बिहारमा बसोबास गर्ने २२ बर्षीय छोराले जिम्मा लिए ।

यस्तै पन्नापुर (मज्जफरपुर) को एक परिवार ३ वर्षदेखी खोजि गरिरहेकी आमा नभेटिएपछि उनको श्राद्ध गर्ने अन्तिम तयारीमा जुट्दै थियो । त्यसैक्रममा एककासी मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलनको लागि रिजर्व गरेको गाडी श्राद्ध गर्न आँटेको परिवारको घर अगाडी रोकियो ।

गाडीको पछाडीको सिटबाट जब उनी झरिन् वातारण नै शुन्य भयो । अनि निस्कीयो पीडा र हर्ष सहितको आँशु । बीरगञ्ज महानगरपालिका, श्रीराम हल नजिकबाट उद्धार गरिएकी चमेली मानवको जो मानसिक साथै चर्मरोगको समस्याबाट समेत पिडीत थिईन् । 

यस्तै ५३ बर्षकी हेटौंडा उपमहानगरबाट उद्धार गरिएकी आश्रमले सुन्दरी आमा नाम राखिदिएको वास्तविक नाम लिलादेवी मिश्र रहेकी महिलालाई भेल्दी (सलखुवा), बिहार स्थित उनको माइतीमा पारिवारिक पुनर्मिलन गराएको छ । ३ वर्ष अगाडी माईतीबाट नै सामान किन्न बजार गएकी उनी कसरी नेपालमा पुगिन् भन्ने यकिन जानकारी छैन । ३ वर्षपछि माइती भेटिएपछि उनी खुसी छन् र माइतीले पनि स्वीकार गर्दै खुसीसाथ जिम्मा लिएको छ ।

बिहान ६ बजे बीरगञ्जबाट हिँडेको आश्रमको टिमले राति १ बजे पुनः बीरगञ्ज फर्किँदासम्ममा ३ वटा सुन्दर पारिवारिक पुनर्मिलन गराएको छ र सबैजनालाई परिवारले खोजि गरिरहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...