Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

रक्साैलबाट बीजेपीका प्रमाेद सिन्हा विजयी

spot_img
spot_img

वीरगञ्ज । भारतकाे विहारमा सम्पन्न अन्तिम चरणको मतदानपछि निर्वाचनको परिणामपनि आउँन थालेको छ ।

पछिल्लो मतपरिणाम अनुसार बिहारमा भारतीय जनता पार्टी (विजेपी) र मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू) गठबन्धनको एनडीएले अग्रता लिएको छ भने भारतीय कांग्रेस र तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) गठबन्धनको महागठबन्धनले उनीहरुलाई पछ्याइरहेको छ ।   

यसबीच वीरगञ्जको सिमावर्ती शहर रक्सौलमा सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार एनडीए गठबन्धनबाट विजेपीका उम्मेदवार प्रमोद सिन्हा विजयी भएका छन् ।

उनले आफ्नो निकटम प्रतिद्वन्द्वी महागठबन्धनको तर्फबाट भारतीय कांग्रेसका उम्मेदवार रामबाबु यादवलाई २५ हजार भन्दाबढी मतको मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा सिन्हाहले ५० हजार ९ सय ७८ मत प्राप्त गरेका छन् भने उनका यादवले २५ हजार ४ सय ५ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी तेस्रो स्थानमा स्वतन्त्र तर्फबाट आफ्नो उम्मेदवारी दिएका सुरेश यादवले २१ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । सुरेश कुमार यादवलाई आरजेडीबाट टिकट प्राप्त नभएपछि उनले स्वतन्त्र रुपमा निर्वाचन लडेका थिए । चौथो स्थानमा बहुजन समाजवादी पार्टीका डा. अजय कुमार सिंहले ९ हजार ५ सय ७ मत ल्याएका छन् । सिंह यस अघि रक्सौल विधानसभाबाट तिन पटक विधायक बनिसकेका व्यक्ति हुन् ।  

निर्वाचित सिन्हाका भाई अशोक सिन्हाको गत कार्तिक १ गते वीरगञ्जको रेश्मकोटीस्थित श्री गणेश एपार्टमेन्टबाट अबैध रुपमा २३ केजी २३७ ग्रामको सुन र झण्डै २ किलो २ सय ६२ ग्रामको चादीं बरामद गरेको थियो । 

बरामद गरेको सुन र चाँदी पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाई सकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...