Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

रक्साैलबाट बीजेपीका प्रमाेद सिन्हा विजयी

spot_img
spot_img

वीरगञ्ज । भारतकाे विहारमा सम्पन्न अन्तिम चरणको मतदानपछि निर्वाचनको परिणामपनि आउँन थालेको छ ।

पछिल्लो मतपरिणाम अनुसार बिहारमा भारतीय जनता पार्टी (विजेपी) र मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू) गठबन्धनको एनडीएले अग्रता लिएको छ भने भारतीय कांग्रेस र तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) गठबन्धनको महागठबन्धनले उनीहरुलाई पछ्याइरहेको छ ।   

यसबीच वीरगञ्जको सिमावर्ती शहर रक्सौलमा सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार एनडीए गठबन्धनबाट विजेपीका उम्मेदवार प्रमोद सिन्हा विजयी भएका छन् ।

उनले आफ्नो निकटम प्रतिद्वन्द्वी महागठबन्धनको तर्फबाट भारतीय कांग्रेसका उम्मेदवार रामबाबु यादवलाई २५ हजार भन्दाबढी मतको मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा सिन्हाहले ५० हजार ९ सय ७८ मत प्राप्त गरेका छन् भने उनका यादवले २५ हजार ४ सय ५ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी तेस्रो स्थानमा स्वतन्त्र तर्फबाट आफ्नो उम्मेदवारी दिएका सुरेश यादवले २१ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । सुरेश कुमार यादवलाई आरजेडीबाट टिकट प्राप्त नभएपछि उनले स्वतन्त्र रुपमा निर्वाचन लडेका थिए । चौथो स्थानमा बहुजन समाजवादी पार्टीका डा. अजय कुमार सिंहले ९ हजार ५ सय ७ मत ल्याएका छन् । सिंह यस अघि रक्सौल विधानसभाबाट तिन पटक विधायक बनिसकेका व्यक्ति हुन् ।  

निर्वाचित सिन्हाका भाई अशोक सिन्हाको गत कार्तिक १ गते वीरगञ्जको रेश्मकोटीस्थित श्री गणेश एपार्टमेन्टबाट अबैध रुपमा २३ केजी २३७ ग्रामको सुन र झण्डै २ किलो २ सय ६२ ग्रामको चादीं बरामद गरेको थियो । 

बरामद गरेको सुन र चाँदी पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाई सकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...