Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

मुम्बई पांचाै पटक आइपीएल च्याम्पियन

spot_img
spot_img

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी२० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।

सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३२०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । दिल्लीका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका थिए ।

उनै कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेलेपछि मुम्बईलाई दिल्लीले दिएको १५७ रनको लक्ष्य १८. ओभरमा ५ विकेट गुमाएर  पूरा गर्‍यो । ओपनर रोहितले ६८ रन बनाए । उनले  ५१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । इशान कसनले अविजित ३३ रन योगदान गरे ।

रोहितले पहिलो विकेटका लागि क्वीन्टन डे कक र दोस्रो विकेटका लागि सूर्य कुमार यादवसंग समान ४५ रनको साझेदारी गरे । डेक पाँचौ ओभरको पहिलो बलमा २० रन बनाएर आउट भए । डे ककलाई दिल्लीका मार्कुस स्टोइनिसले ऋषभ पन्तद्वारा क्याच आउट गराए । ११औं ओभरको पाँचौ बलमा रनिङ विटविन र विकेटमा तालमेल  नमिल्दा सूर्यकुमार १९ रन बनाएर रनआउट भए । रोहितले तेस्रो विकेटका लागि इशान किसनसंग ४७ रनको साझेदारी गरे । इशन किसनले १९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।   

दिल्लीका लागि एनरिक नोर्किएले २ तथा कागिसो रबाडा मार्कुस स्टोइनिसले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान श्रेयासले अविजित ६५ रन बनाए । उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै ऋषभ पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५६ रन जोडे ।

दिल्लीको सुरुवात गतिलो हुन सकेन । अघिल्लो खेलबाट ओपनिङ थालेका अलराउण्डर मार्कुस स्टोइनिङ पहिलो बलमै ट्रेन्ट बोल्टको बलमा विकेटकिपर क्विन्टन डे ककबाट क्याचआउट भए ।

तेस्रो ओभरको चौथो बलमा बोल्टले अजिन्का रहानेलाई पनि डे ककबाटै क्याच आउट गराए । राहुल चाहरको स्थानमा फाइनलमा मौका पाएका जयन्त यादवले आफ्नो पहिलो ओभरमै दिल्लीका मुख्य ब्याट्मसयान शिखर धवनलाई बोल्ड गरे । १५ रन बनाएर धवन आउट हुँद दिल्ली ३.३ ओभरमा २२३ को अवस्थामा पुगेको थियो । दिल्लीको इनिङ्स उकास्न कप्तान श्रेयास र ऋषभले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ४ ओभरमा २८ रन खर्चेका जसप्रित बुमराह विकेटविहिन बने ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोड ७ लाखकाे बजेट सार्वजनिक

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेटसहित नीति तथा...

पर्साका प्रहरी प्रवक्ता डीएसपी बस्नेतको मानव बेचबिखन ब्युरोमा काज सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ । उनी जिल्ला...

जगरनाथपुरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न, अध्यक्ष यादव आफैँ खेतमा उत्रिए

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ विविध कार्यक्रमका साथ मनाएको छ । गाउँपालिकाको वडा नं. ४ हरपुरस्थित...