Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

लागु औषध ईन्जेक्सनसहित २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध इन्जेक्सनसहित २ युवकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर बस्ने बर्ष २० को रोशन साह कलवार र बर्ष २९ को चन्दन प्रसाद कुशवाहा रहेका छन् ।

बिशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट साेमबार खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिकाकाे वडा नं.२५ मौजे सिर्सियास्थित सडक खण्डबाट सुरुमा लागु औषध इन्जेक्सनसहित कलवारलाई पक्राउ गरेकाे थियाे ।

आफ्नो साथी र सवारी साधन कुरिरहेकाे कलवारकाे साथबाट लागु औषध फेनारगन ६०० एम्पुल, डाइजेपाम ६०० एम्पुलर नुर्फिन ६०० एम्पुल इन्जेक्सन गरी (जम्मा १८०० एम्पुल) फेला परेपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

कलवारले आफुसंग हातमा लिइ राखेको ब्यागलाई तलासी गर्दा लागु औषध इन्जेक्सन फेला पारी आवश्यक सोधपुछ गर्दा निजकै सुचनाको अधारमा साेही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको ठिक बीच बाल मन्दिर अगाडी सडक खण्डबाट ना.२० प ६४२८ नम्बरको मोटरसाइकलमा सवार कुशवाहा समेतलाई नियन्त्रणमा लिइएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरी कार्यालय पर्साले जनाए अनुसार दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धि कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...