Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

लागु औषध ईन्जेक्सनसहित २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध इन्जेक्सनसहित २ युवकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर बस्ने बर्ष २० को रोशन साह कलवार र बर्ष २९ को चन्दन प्रसाद कुशवाहा रहेका छन् ।

बिशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट साेमबार खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिकाकाे वडा नं.२५ मौजे सिर्सियास्थित सडक खण्डबाट सुरुमा लागु औषध इन्जेक्सनसहित कलवारलाई पक्राउ गरेकाे थियाे ।

आफ्नो साथी र सवारी साधन कुरिरहेकाे कलवारकाे साथबाट लागु औषध फेनारगन ६०० एम्पुल, डाइजेपाम ६०० एम्पुलर नुर्फिन ६०० एम्पुल इन्जेक्सन गरी (जम्मा १८०० एम्पुल) फेला परेपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

कलवारले आफुसंग हातमा लिइ राखेको ब्यागलाई तलासी गर्दा लागु औषध इन्जेक्सन फेला पारी आवश्यक सोधपुछ गर्दा निजकै सुचनाको अधारमा साेही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको ठिक बीच बाल मन्दिर अगाडी सडक खण्डबाट ना.२० प ६४२८ नम्बरको मोटरसाइकलमा सवार कुशवाहा समेतलाई नियन्त्रणमा लिइएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरी कार्यालय पर्साले जनाए अनुसार दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धि कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...