Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नेकपा सरकार जनतालाई दु:ख परेको बेला पनि सत्ता र पार्टी जोगाउन व्यस्त रहेको आरोप लगाएका छन ।

जनता समाजवादी पार्टी बीरगंज – २१ वडा ईकाई समिति परवानीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो रहेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले देश र जनता इतिहासकै एक कठिन समयबाट गुज्रिरहेको बेला पनि कम्युनिस्ट सरकारले जनताको पर्वाह नगरी सत्ताको पाठ मात्र पढ्दै आएको बताए |

कार्यक्रममा बोल्दै सांसद यादवले अहिलेको कोरोना भाइरस (कोभिड-१९) महामारीले विश्व नै थमेको बेला हाम्रो नेपाल पनि अछुतो नरहेको भएपनि यस महामारीबाट जनतालाई जोगाउन तथा राहत दिने काम सरकारको भए पनि सरकार सत्ता र पार्टी जोगाउन मात्र व्यस्त रहेको आराेप लगाए ।

उनले नेकपा भित्रको आन्तरिक बिबादका कारण जनतालाई सास्ती भोग्नु परेको बताए । साथै अहिलेको परिस्तिथि कठिन भएपनि एउटा रोडमयेप तयार गरेर सरकार अगाडी बढेर काम जनताको हितको लागि काम गर्नु पर्ने भएनी यो सरकारले झन् आफ्नै देशको जनतालाई बेवास्ता गरेर यस महामारीबाट ज्यान जोगाउन गरोह भएको सम्पूर्ण नेपाली जनतालाई आर्थिक भार थपेको आराेप लगाए |

अहिलेको परिस्तिथिमा जनता भोकले र रोगले आफै बच्नु पर्ने रहेको र न सरकार न प्रतिपक्षकै अनुभूति जनताले पाएको भन्दै दु:ख व्यक्त गरे | । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निश्चित रहेको बताए ।

जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफनो हक अधिकारका लागी संघर्षरत रहेका समर्पुण शक्ति हरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको उनले बताए । 

कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपाका स्थानीय नेता पुर्व माओबादी पर्साका सह-सेक्रेटरी मजदुर नेता ‘राजदेव पासवानको नेतृत्वमा दिनेश यादव, जितेन्द्र शर्मा, राजदेव यादव, नन्दु महतो तत्वा, रामसुरत महतो तत्वा, जहर महतो लगायतकाले प्रबेश गरेका हुन् ।

यस्तै नेपाली कांग्रेस परित्याग गरी चन्द्रिका कुशवाहाको नेतृत्वमा मुस्तकिम देवान, उमेश महतो तत्वा ,रुप्चन पासवान लगायत प्रबेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश सासंद जन्नत अंसारी, जनता समाजवादी पार्टीका जिल्ला उपाअध्यक्ष वासुदेव यादव, जिल्ला सदस्य नागमणि उपाध्या, संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी युवा फोरमका केन्द्रिय सचिव सरोज यादव लगायत नेता कार्यकर्ताको उपस्तिथी थियो । 

विरगंज महानगरपालिका वडा न.२१ जनता समाजवादी पार्टीका ईकाइ अध्यक्ष निरन्जन पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमको सहजीकरण युवा नेता राधाकृष्ण रौनियारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...