Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पकहा मैनपुर र कालिकामाईका सयाैं जना नेपाली कांग्रेसमा प्रबेश

spot_img
spot_img

वीररगंज । पर्साकाे पकहा मैनपुरमा गाउँपालिका वडा नं. ५ सबैठवामा बुधबार नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।

पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने सबैठवामा आयाेजित कार्यक्रममा पकहा मैनपुर गाउँपालिका र कालिकामाई गाउँपालिकाकाे विभिन्न वडाका सयाैं जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । कार्यक्रममा पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका नेपाल संघिय समाजवादी पार्टीका पर्सा जिल्ला उपाध्यक्ष नसुरल्लाह मियाँ र कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका तत्कालिन संघिय समाजवादी पार्टीका वडा समिति अध्यक्ष लालबाबु प्रसाद चाैरसियासहित ५ सय जना भन्दा बढीले पार्टी प्रबेश गरेका छन् ।

गत स्थानिय तहकाे निर्वाचनमा गाउँपालिका अध्यक्षमा र संघ तथा प्रदेशकाे निर्वाचनमा पर्सा क्षेत्र नं. ४ काे ख बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका मियाँकाे नेतृत्वमा २ सय ७३ जना र चाैरसियाकाे नेतृत्वमा ४५ जना पार्टी प्रबेश गरेका हुन् ।

त्यसैगरी, तत्कालिन संघिय समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्षमा चुनाव लडेका रामविश्वास चाैहान, तत्कालिन समाजवादी पार्टी वडा समितिका अध्यक्ष कदिर मियाँ, वडा नं. २ का उपाध्यक्ष बिश्वनाथ चाैरसिया,  वडा नं. ३ का जसपाका स्थानिय नेता रामविनेश पटेल, नेपाल संघिय समाजवादी पार्टीबाट वडा नं. ४ काे वडाध्यक्षमा चुनाव लडेका संजय साह गाेढ, साेही पार्टीबाट पकहा मैनपुर गाउँपालिका वडा नं. ५ काे वडा सदस्यमा निर्वाचित रमावती देबी, नेकपाका गिनी शर्मा, अनवत राम, जसपाका सरिफ मियाँ, महमद कलाम मियाँ लगायतकाले नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नव प्रबेशी सबै जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चाैरसिया, पर्सा जिल्ला सभापति अजय द्विवेदी लगायतका नेताहरुले अबिरकाे टिका र फुलकाे माला लगाई स्वागत गरेका थिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय सदस्य रिजालले मधेशकाे अधिकार दिलाउनकाे लागि नेपाली कांग्रेस बाहेक कुनै पार्टी सक्षम नरहेकाे वताए । उनले नेकपा र जसपाका संघिय तथा प्रदेश सांसदहरुले जनता अधिकार दिलाउनु भन्दा पनि आफ्नाे स्वार्थ परिपुर्ति गर्न तर्फ लागेकाे आराेपसमेत लगाए ।

कार्यक्रमकाे प्रमुख अतिथीसमेत रहेका नेता रिजालले मधेशकाे ठेक्का लिएर बसेका र दुई तिहाईकाे सरकार भएकाहरु मात्र पैसा कमाउन भ्रष्टचारमा लिप्त भएकाे आराेप लगाए ।

अर्का केन्द्रिय सदस्य चाैरसियाले मधेशका मुद्दा लिएर चुनाव जितेकाहरु अहिले चुप लगेर बसेकाे वताए । उनले मधेश, जनजाति, दलित लगायतकाे सांझा प्रतिनिधित्व र पहिचानकाे लागि नेपाली कांग्रेसकाे विकल्प नरहेकाे वताए ।

कार्यक्रमका विशिष्ठ अतिथीसमेत रहेका नेता चाैरसियाले काेराेना महामारीकाे समयमा पनि जसपा नेतृत्वकाे प्रदेश २ सरकार तथा नेकपा नेतृत्वकाे संघिय सरकारले जनताकाे माैलिक हक अधिकार सुनिश्चित गर्नुकाे साटाे भ्रष्टचारमा लिप्त भएकाे आराेप लगाए ।  

जिल्ला सभापति द्विवेदीले अधिले अधुराे लाेकतन्त्र रहेकाे वताए । अहिलेकाे लाेकतन्त्र सम्पूर्ण जनताकाे लागि नभई उच्च बर्गका व्यक्तिहरुकाे लागि मात्र भएकाे उनले वताए ।

जुन बेला सम्पर्ण जनताकाे लागि लाेकतन्त्र महसुस हुन थाले त्याे दिन पूर्ण लाेकतन्त्र आउने उनकाे भनाई थियाे । 

पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका वुथ सभापति बलिराम चाैरसियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चाैधरी, वीरगंज उपमहानगरपालिकाकी उप मेयर शान्ति कार्की, महासमिति सदस्य बिशष्ठ नारायण कुर्मी, क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, जिल्ला सदस्य नविन सिंह, कालिकामाई गाउँपालिका संयाेजक राजिन्द्र प्रसाद कुुर्मी, पकहा मैनपुर गाउँपालिका संयाेजक हरि चाैहान, बब्लु श्रीवास्तव, धमेन्द्र पटेल, बलिष्टर अहमद लगायतकाे सभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन छठु साहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...