Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

चौरसिया हत्यामा सलंग्न तिवारी पक्राउ

spot_img
spot_img

वीरगंज । नेकपा पर्सा जिल्ला सदस्य एवम् विन्दवासिनी गाउँ कमिटी सचिव मुकेश चाैरसियाकाे हत्यामा सलंग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासीनी गाउँपालिका वडा नं. ४  मधवल बस्ने बर्ष ३२ को उत्तम भन्ने निरंजन तिवारीलाई पक्राउ गरेकाे हाे ।  फरार रहेका तिवारीलाई बीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित इनर्वागाँउबाट आइतबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

बिन्दवासिनी गाउँपालिकाकाे वडा नं.५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा कार्तिक ०६ गते नेकपा विन्दवासिनी गाउँपालिका कमिटीकाे सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बिच भएकाे झडपमा वाँसकाे भाठाले एक अर्कालाई प्रहार गर्ने क्रममा ३४ बर्षिय चाैरसिया घाइते भइ उपचारको क्रममा कार्तिक ७ गते न्यूरो अस्पतालमा मृत्यु भएकाे थियाे । 

उक्त घट्नामा सलंग्न रहेका घाइते भई नेशनल मेडिकल कलेजमा उपचारार्थ अवस्थमै कार्तिक ६ गते नै फरार भएका तिवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...