Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

चौरसिया हत्यामा सलंग्न तिवारी पक्राउ

spot_img
spot_img

वीरगंज । नेकपा पर्सा जिल्ला सदस्य एवम् विन्दवासिनी गाउँ कमिटी सचिव मुकेश चाैरसियाकाे हत्यामा सलंग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासीनी गाउँपालिका वडा नं. ४  मधवल बस्ने बर्ष ३२ को उत्तम भन्ने निरंजन तिवारीलाई पक्राउ गरेकाे हाे ।  फरार रहेका तिवारीलाई बीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित इनर्वागाँउबाट आइतबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

बिन्दवासिनी गाउँपालिकाकाे वडा नं.५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा कार्तिक ०६ गते नेकपा विन्दवासिनी गाउँपालिका कमिटीकाे सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बिच भएकाे झडपमा वाँसकाे भाठाले एक अर्कालाई प्रहार गर्ने क्रममा ३४ बर्षिय चाैरसिया घाइते भइ उपचारको क्रममा कार्तिक ७ गते न्यूरो अस्पतालमा मृत्यु भएकाे थियाे । 

उक्त घट्नामा सलंग्न रहेका घाइते भई नेशनल मेडिकल कलेजमा उपचारार्थ अवस्थमै कार्तिक ६ गते नै फरार भएका तिवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...