7 April 2025
KALIKATIMES.COM

युवालयद्वारा वीरगंजकाे विभिन्न ठाउँमा नि:शुल्क टिउशन

??????

वीरगञ्ज । सक्रिय युवाहरुको समुह युवालयले इम्प्रुभिङ्ग लाइभ्स इन नेपालको सहकार्य र वीरगञ्ज महानगरपालिकाको समन्वयमा वभिन्न स्वास्थ्य चाैकीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १८ भवानीपुर, २० हरपतगंज, ३० लालपर्साको स्वास्थ्य चौकीहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको युवालयका सदस्य जया साह जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने अभिप्रायले अटोमेटिक स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस शिल्ड, स्प्रे, हेड कभर लगायतका सामाग्री स्वास्थ्य चौकीहरुलाई वितरण गरिएकाे उनले जानकारी गराए ।

वीरगंज महानगरपालिकाकाे वडा नं ३० लालपर्साका अध्यक्ष अमानत अंसारी, वीरगंज महानगरपालिका स्वास्थ्य समाजिक विकास महाशाखाका जिंसी प्रमुख जाहिर आलम लगायतकाे उपस्थितीमा स्वास्थ्य चौकीका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे हाे । 

यसका साथै युवालयले वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्लीमा नि:शुल्क टिउशन कक्षा शुरु गरेको छ । कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र बालबालिकामा अध्ययन गर्ने बानिको बिकास गर्नका निम्ती निशुल्क टिउशन कक्षा शुरु गरिएकाे युवालयले जनाएको छ ।

मुर्लीमा सुरु टिउशन कक्षाकाे भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकास सरार्फले उद्घाटन गरेका थिए । 

यस अघि युवालयले वीरगंज महानगर कै वडा नं २८ बगही, ३० लालपर्सा, १७ अलौ, २४ रामगढवामा पनि नि:शुल्क टिउशन कक्षा शुरु गरि सकेकाे युवा अभियान्ता किशोरी यादवले वताए । युवालयले यसका साथै अन्य स्थानमा पनि टिउशन तथा स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरन्तरता दिने उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.809 sec. Memory consumption:82.49 mb