30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा टयाक्टर दुर्घटना, एककाे मृत्य

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा आइतबार बिहान टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लक्ष्मीपुरबाट धान लोड गरेर वीरगन्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर लक्ष्मीपुरमै रहेको चन्द्रवाती खोलाको पुलबाट करिब १ सय मिटर तल खसेको थियो । 

टयाक्टरले च्यापिएर टयाक्टरका चालक ३५ वर्षीय राम मनोहर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । टयाक्टर धनीसमेत रहेका साह आफैँले चलाएर ल्याएको टयाक्टर अनियन्त्रित भइ पुलबाट तल खसेको हो । 

धान लोड भएको ट्याक्टरले थिचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक आदर्श खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.303 sec. Memory consumption:81.49 mb