Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वीरगंजमा १५ महिलासहित १३० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बीरगञ्ज महानगरपालिकाकाे वडा नं १४ मा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना र प्रकाश नगर टोल विकास कोषको सहकार्यमा भएकाे कार्यक्रममा १५ महिलासहित एक सय ३० जनाले रक्तदान गरेका छन ।

आयाेजक सहकारी संस्थाका अध्याक्ष अरुण साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बर्षा थापा मगर, ईलिजा न्यौपाने, रेजिना पुलामी, मेनुका श्रीवास्तव, लक्ष्मी देवी साह, उर्मिला देवी, अर्चना कुमारी साह, गीता देवी, कल्पना देवी, रूपा तिवारी, सन्तोष पटेल, मन्तोश पटेल, राकेश ठाकुर, अरुण कुमार साह, ललन पटेल लगायतकाले रक्तादन गरेका हुन् ।

रक्तदान कार्यक्रमको उदघाटन नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका सभापति द्विवेदीले रक्तदान जिवनदान भएकाे वताए ।

रक्तदान गर्नेमा मुस्लिम महिलाहरुकाे सहभागिता बढी देखिएकाे थियाे । मुस्लिम महिलाहरुले आफ्नाे संस्कृति बुर्का मै बसी रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह, समाजसेवी शिवशंकर पटेल, ब्लड डोनर्स एसोसिएसनका सहसचिव उमेश गुप्ता, नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, युवा नेता धर्मेन्द्र पटेल, सुनिल पटेल, नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधीर पटेल, पर्साका उपाधयक्ष विकेश पटेल लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको सञ्चालन अनिल कुमार साहले गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रकाश नगर टोल विकास कोषका अध्यक्ष सुरेन्द्र पटेल, सचिव श्याम राम, वडा नं ५ का एकाई कमिटीका अध्यक्ष प्रमोद पटेल, युवा नेता हाकिम अंसारी, पार्टिका कार्यकर्ता विकि पटेल, कामेश्वर पटेल हरिओम पटेल, प्रमोद पटेल, रवीन्द्र पटेल लगायतले सहयोग गरेका थिए । 

रक्तदान गर्नेहरुलाई धन्यावाद ज्ञापनसहित प्रशंसा पत्रसमेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...