Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

देशकाे समृद्धकाे लागि जसपाकाे विकल्प छैन : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाे बहुअरी पिडँरीमा जनता समाजवादी पार्टी (जसपा)काे शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । जसपा बहुदरमाई नगर कमिटिकाे आयोजनामा दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नेपाली कांग्रस र नेकपासंग समृद्धि आउन नसक्ने वताएका छन् । उनले मुलुकाे समृद्धकाे लागि जसपाकाे विकल्प नरहेकाे दाबीसमेत गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका उनले वाईडबडी विमान खरिद, एनसेल कर र बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा नेकपा र कांगेस दुबै पार्टीका शिर्ष नेताहरु भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘‘बालुवाटार जग्गा प्रकरणमा नेकपा र नेपाली कांग्रेस दुबै पार्टीको नेताहरुको संलग्नता छ । तर कांगेसका नेता निलम्बित भएका छन् भने नेकपा नेता अहिले अर्थमन्त्री बनेका छन्, ‘‘मुलुकमा जसकाे सत्ता छ उसैको शासन छ ।’’

कार्यक्रमका प्रमुख अतिथि सांसद यादवले वर्तमान सरकारले सत्ताको दम्भ देखाउँदै सदियौं देखी चल्दै आएको र नेपाल भारत बिचको बेटी रोटी सम्बन्धलाई भत्काउने नियतले नागरिकता संसोधन विध्येक ल्याई मुलुकलाई अराजकतातिर धकेल्न खेलतिर लागेको आरोप लगाए ।

उनले भने, ‘‘यदि विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता पाउँने ऐन आयो भने उले बिना नागरिकता कसरी जागिर खान्छ ? बैंकमा खाता कसरी खोल्छ ? कुनै कारण श्रीमानको मृत्यु भयो भने त्यसको अवस्था के हुन्छ ? त्यसैले यो विध्येक मधेश र मधेशी माथी दमन गर्ने ओली सरकारको निसाना हो, आफू कुनै हालतमा यो बिध्येक पारित हुन दिन्न ।

जसपा बहुदरमाई नगर कमिटि अध्यक्ष सिंघासन साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा वेग्म, प्रदेश सांसद भिमा यादव, जसपा नेता रामनरेश यादव, तबरेज अहमद, जसपा बहुदरमाई नगर सचिव बिरेश यादव लगायत सयौंको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...