Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

देशकाे समृद्धकाे लागि जसपाकाे विकल्प छैन : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाे बहुअरी पिडँरीमा जनता समाजवादी पार्टी (जसपा)काे शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । जसपा बहुदरमाई नगर कमिटिकाे आयोजनामा दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नेपाली कांग्रस र नेकपासंग समृद्धि आउन नसक्ने वताएका छन् । उनले मुलुकाे समृद्धकाे लागि जसपाकाे विकल्प नरहेकाे दाबीसमेत गरेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका उनले वाईडबडी विमान खरिद, एनसेल कर र बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा नेकपा र कांगेस दुबै पार्टीका शिर्ष नेताहरु भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘‘बालुवाटार जग्गा प्रकरणमा नेकपा र नेपाली कांग्रेस दुबै पार्टीको नेताहरुको संलग्नता छ । तर कांगेसका नेता निलम्बित भएका छन् भने नेकपा नेता अहिले अर्थमन्त्री बनेका छन्, ‘‘मुलुकमा जसकाे सत्ता छ उसैको शासन छ ।’’

कार्यक्रमका प्रमुख अतिथि सांसद यादवले वर्तमान सरकारले सत्ताको दम्भ देखाउँदै सदियौं देखी चल्दै आएको र नेपाल भारत बिचको बेटी रोटी सम्बन्धलाई भत्काउने नियतले नागरिकता संसोधन विध्येक ल्याई मुलुकलाई अराजकतातिर धकेल्न खेलतिर लागेको आरोप लगाए ।

उनले भने, ‘‘यदि विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता पाउँने ऐन आयो भने उले बिना नागरिकता कसरी जागिर खान्छ ? बैंकमा खाता कसरी खोल्छ ? कुनै कारण श्रीमानको मृत्यु भयो भने त्यसको अवस्था के हुन्छ ? त्यसैले यो विध्येक मधेश र मधेशी माथी दमन गर्ने ओली सरकारको निसाना हो, आफू कुनै हालतमा यो बिध्येक पारित हुन दिन्न ।

जसपा बहुदरमाई नगर कमिटि अध्यक्ष सिंघासन साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा वेग्म, प्रदेश सांसद भिमा यादव, जसपा नेता रामनरेश यादव, तबरेज अहमद, जसपा बहुदरमाई नगर सचिव बिरेश यादव लगायत सयौंको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...