Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

चाैरसियाकाे शव अझै अस्पताल मै, छैठाे दिन पनि प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । गत बिहिबार नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीकाे सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बिच झडप हुदा मृत्यु भएका मुकेश चौरसियाकाे शव अझै अस्पताल मै रहेकाे छ ।

नेकपा पर्सा जिल्ला सदस्यसमेत रहेका गाउँपालिका कमिटीका सचिव चाैरसियाकाे मृत्यु भएकाे ६ दिन वितिसक्दा पनि दाहसंस्कार हुन सकेकाे छैन । मृतक चाैरसियाकाे शव पाेस्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे छ ।

चाैरसियाकाे मृत्युमा संलग्न रहेकाहरुकाे विरुद्धमा प्रहरीले जाहेरी लिन नमानेकाे भन्दै नेकपा कै नेता तथा कार्यकर्ताहरुले दिनहु प्रर्दर्शन गर्दै आएका छन् । 

चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै बुधबार छैठाे दिन पनि नेकपाका नेता, कार्यकर्ता र मृतक चाैरसियाका आफन्तले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका छन भने पर्सा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन ।

नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीले ५ बुंदै माग राख्दै प्रमुख जिल्ला अधिकारी आस्मान तमाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

निवेदककाे जाहेरी दर्ता गरी अपराधीमाथी कारवाही गर्न, मृतक मुकेश चाैरसियालाई शहिद घाेषणा गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, घाइतेहरु निशुल्क उपचार गराई क्षतिपूर्ति दिनु पर्ने लगायत माग राख्दै नेकपा बिन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्ष बिक्रम चाैरसियाद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाइएकाे हाे । 

आजकाे प्रदर्शनमा सहभागिहरुले ५ मिनेट मौन धारण, प्रहरीको विरुद्धमा नारावाजी, प्रहरी विरुद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी ज्ञापन पत्र बुझाउनुको साथै पर्सा प्रहरी प्रमुख गङ्गा पन्तको पुतलासमेत जलाएका छन् ।

हाम्रो मुद्धा दर्ता गर, हत्यारालाई कारवाही गर, निकम्मा प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाउँदै सयौँ सर्मथकको उपस्थितिमा विरोध प्रदर्शन गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सचिब विजय महतोको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा जिल्ला ईन्चार्ज रामचन्द्र साह, प्रदेश सदस्य छाेटेलाल यादव, नगर अध्याक्ष रहबर अनसारी, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, पर्सा सह संयाेजक मित्रदेव यादव लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।

यता घटनामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले ८ जनालाई बिहीबार नै पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान गर्दा ३ जना संलग्न रहेको भेटिएकोले त्यही दिन ५ जनालाई छाडेर ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन । पक्राउ पर्नेमा हनिफ मियाँ, देवा सहनी, शोकदिन गद्दी रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...