27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेकपा र कांग्रेस नितीगत भ्रष्टाचारी : सांसद यादव

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नेकपा र कांग्रेस पार्टी नितीगत भ्रष्टाचारी भएको आरोप लगाएका छन ।

जनता समाजवादी पार्टी बीरगंज – २७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको कांग्रेस पार्टीले नितीगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले वाईड बडि विमान घोटाला काण्डमा सरकारलाई छानबिन प्रतिवेदन बुझाउदासमेत हाल सम्म कुनै कारबाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको कांग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले यि दुवै ठुला पार्टीहरु नै नितीगत रूपमा हुने भ्रष्टाचारको संरक्षणमा लागेको ठोकुवा गरे ।

देशमा भएका ठुला ठुला भ्रष्टाचार काण्डहरूको छानवीन हुन्छ प्रतिवेदन बुझाईन्छ तर कारबाही केहि हुदैन यहि कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनकाे भनाई छ । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निस्चित रहेको बताए ।

जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफ्नो हक अधिकारका लागि संघर्षरत रहेका समर्पुण शक्तिहरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको बताए । उनले अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुने दावी गरे ।

कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरी मोटर यादवको नेतृत्वमा रामदरस यादव ,प्रमोद यादव,अनिल गिरी, नन्दलाल रायभर आसमन यादव, शम्भु यादव र एकतर आलमको नेतृत्वमा रहमत देवान, हिरा देवान जमुदिन मियाँ, भोज हवारी, हरिनारायण ठाकुर, बेलास गोढ, नागिन्द्र रायभर तथा नेपाली कांग्रेस परित्याग गरी ईनल यादव, रामअव्या यादव ,मनाई राय, अनिल यादव, जयन्पाल साह गोंड, लालबाबु गिरी साथै कुहडी युथ एकेडमीका रिजवान हवारीको नेतृत्वमा अब्दुल हवारी, असगर हवारी, नुरैन हवारी, अजरोदिन अंसारी लगायतकाले पार्टी प्रबेश गरेकाे वताइएकाे छ ।

जनता समाजवादी पार्टीका विरगंज महानगरपालिका वडा नं.२७ का ईकाइ अध्यक्ष दयानंद उपाध्यायकाे अध्यक्षतामा भएकाे पार्टी प्रबेश कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, सिंहासन साह कलवार, जन्नत अंसारी, भिमा यादव, विरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी, बिन्दवासिनी गाँउपालिका प्रमुख श्रीलाल साह कानु, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, तबरेज अहमद, बहुदरामाई नगरपालिका वडा न. ५ का वडाध्यक्ष असलम आलम, युवा नेता गौरी साह लगायतको उपस्थिति रहेको थियो ।

रोशन यादवले  स्गवागत मन्तव्य राखेकाे कार्यक्रमको सहजीकरण युवा नेता परमा कुमारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.406 sec. Memory consumption:81.47 mb