22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजबाट खैराे हिराेइन र नाइट्राभेटसहित एक जना पक्राउ

वीरगंज । प्रहरीले वीरगंजबाट लागु औषध खैराे हिराेइन र नाइट्राभेटसहित एक जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण ब्यूराे शाख कार्यालय वीरगंज पर्साबाट प्रहरी नायब निरिक्षक तुल प्रसाद पुडासैनीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ स्थित रजतजयन्ती चाेकबाट शनिबार विहान १०:३० बजे सुनसरी जिल्लाकाे महेन्द्रनगर गाउँपालिका ४, महेन्द्रनगर निवासी ४० बर्षिय भिम बहादुर दहाललाई पक्राउ गरेकाे हाे ।

शंकास्पद देखिएका दहाललाई राेकी खानतलासी गर्दा निजले लगाएकाे हाफ पाइन्टकाे पछाडीकाे पकेटकाे खल्ती भित्र २ पाेका खैराे हिराेइन र साेही पाइन्टकाे अगाडी पट्टीकाे दाहिने खल्तीमा एक बैन्डल नाइट्राभेट एक पतामा ३० दरले १० पतामा ३०० पिस फेला परेकाेले नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका दहाललाई लागु औषधसहित कारवाही तथा अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे लागु  औषध नियन्त्रण ब्यूराे शाख कार्यालय वीरगंज पर्साले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:219. Generation time:3.179 sec. Memory consumption:81.8 mb