Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे शपथग्रहण कार्यक्रममा बिहिबार दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन भएको छ । 

शनिबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।  

झडपमा गम्भिर घाइते भइ ज्यान गुमाएका नेकपा बिन्दबासिनी गाउँपालिका सचिव चौरसियाको आफन्तजन तथा नेकपा नेताहरुले घटनामा संलग्नविरुद्ध प्रहरीले जाहेरी नलिएको भन्दै विरोध स्वरुप प्रदर्शनमा उत्रेकाे वताए ।

जिल्ला प्रहरी कार्यालय अगाडि भएको बिराेध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले प्रहरीले जाहेरी लिन नमानेको भन्दै जाहेरी नलिएसम्म आन्दोलन जारी रहने बताए । उनीहरुले जाहेरी नलिए अगामी दिनमा प्रदेश नम्बर २ हुँदै देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिए ।

नेकपा स्थायी समिति सदस्य मातृका यादवले गृहमन्त्रीदेखि डीआईजी र प्रमुख जिल्ला अधिकारीले पनि आफूलाई जाहेरी दर्ता हुन्छ भनेर आश्वासन दिएको भएपनि अहिलेसम्म प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

‘जाहेरी दर्ता भएन भने २ नम्बर प्रदेशमा आफ्नै साथीहरुसँग सल्लाह गरेर पनि आन्दोलन चलाउन सक्छु’, उनले भने।

नेकपा प्रदेश २ का सह–इञ्चार्ज नोन्द्र चौधरीले आफूहरुले न्यायको माग गरिरहेको बताउँदै प्रहरी प्रशासनले कुर्सीमा बसेर अन्याय गर्नु भन्दा कुर्सी छोडनु पर्ने बताएका थिए।

दसैँको बेलामा अहिले घरमा पूजा गर्नुपर्ने भएपनि न्याय खोज्नको लागि आफूहरुले आन्दोलन गर्नुपरेको चौधरीको भनाइ थियो।

गत बिहीबार बिन्दबासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम चलिरहँदा भएको झडपमा परी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसिया गम्भीर घाइते भएका थिए।

उनको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । चौरसियाको शवलाई नारायणी अस्पतालमा राखिएको छ। उनका परिवारले जाहेरी दर्ता नभएसम्म शव नबुझने र पोष्टमार्टम हुन नदिने अडान राखेका छन्।

शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेका छन् ।

यता नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले पार्टीगत झडपमा परी घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव चौरसियाप्रति स्तब्ध भएको जनाएको छ । 

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक चौरसियाको चिरशान्तिको कामना गर्दै झडपमा परी घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

साथै झडपमा परी घाइते र मृतकको छानबिनका लागि उच्चस्तरीय छानबिन गर्नेसमेत माग गरेको छ । पार्टीको शपथग्रहणमा भएको विवादले कसैलाई राजनीतिक प्रतिशोध राखेर नफसाउन र निष्पक्ष छानबिनको माग गरिएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्मद निजामुद्दिन हवारी, सहसंयोजक ओमप्रकाश गुप्ता, केन्द्रीय सदस्य एवं पर्साका इन्चार्ज विमल पौडेल, केन्द्रीय सदस्य एवं पर्साका सह ईन्चार्ज विकाश रौनियारले हस्ताक्षर गरेका छन्।  

यस्तै, नेकपा कै भ्रातृ संगठन अनेरास्ववियु पर्साले गाउँपालिका सचिव चौरसियाको घटनामा संलग्न दोषी उम्कन नदिने जनाएको छ । 

अनेरास्ववीयु पर्साका सहसंयोजक मित्रदेव यादवले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै झडपलाई रोक्न पुगेका चौरसीया माथी निर्मम तरीकाको कुटपिटले मृत्यु भएको भन्दै छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरेका छन । उनले मृतक चौरसीयाको आत्माकाे चिरशान्तिको कामना गर्दै झडपमा परि घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन ।

चौरसीयाको घटनामा सलंग्न दोषि भएकालाई तत्काल सत्यतथ्य छानविन गरी कडा भन्दा कडा कारवाहीकाे माग गरेका हुन् । उनले चौरसीया घटनामा संलग्न जो सुकै भएपनि कुनैपनि बहानामा उम्कन नहुने चेतावनी दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...