27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्साका थप ११ जनामा काराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप ११ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा सबै जना वीरगंज महानगर बासी रहेका छन् ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार गरिएकाे परिक्षणमा पर्साका ११ र बाराकाे २ जनामा काेराेना संक्रमण फेला परेका अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्सा र बाराकाे ७२ जनाकाे स्वाबकाे नमुना आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ३ महिलासहित १३ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जनाए । संक्रमित हुनेमा २ बर्षिय बालकदेखी ६० बर्षिय वृद्ध सम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १४ देखी ३२ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे सदरमुकाम वीरगंज महानगरपालिका वडा नं. ९, १० का एक-एक जना, वडा नं. ११ का ३ जना, वडा नं. १४ का २ जना र वडा नं. १५ का ४ जना रहेका छन् ।

त्यसैगरी, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ का एक जना र वडा नं. २ का एक जनामा काराेना पाेजिटिभ देखिएकाे प्रवक्ता डा. चाैरसियाले वताए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.166 sec. Memory consumption:81.44 mb