27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्साका १७ सहित थप ३५ जना काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्साका १७ सहित थप ३५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा पर्साका १७, बाराका १६ र राैतहट २ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्साका १२९ सहित कुल १७५ जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण गर्दा १० महिलासहित ३५ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।

डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा ८ बर्षिय बालकदेखी ७६ बर्ष वृद्ध सम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १७  देखी ३४ सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ४,६, ११, १५ का २-२ जना, वडा नं. ५, १२, २४ का एक-एक जना, वडा नं. १० का ३ जना, पाेखरिया नगरपालिकाका एक जना र पर्सागढी नगरपालिकाका २ जना संक्रमित भएका छन् ।

त्यसैगरी, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ७ का एक जना, निजगढ नगरपालिकाका १३ जना र काेल्भी नगरपालिकाका २ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.370 sec. Memory consumption:81.46 mb