Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

जगरनाथपुरमा पनि किशोरीहरु विद्यालय भर्ना

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा लेङ्गिक शिक्षा संजालको त्रैमासिक बैठक सम्पन्न भएको छ ।

भि.एस.ओ नेपाल र दिब्य युवा क्लवको साझेदारीमा संचालित किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत परिचालित पालिका स्तरिय संजालको बैठक सम्पन्न भएको हो ।

जगरनाथपुर गाउँपालिकाको सभा हलमा बसेकाे बैठकले विद्यालय बाहिर रहेका किशोरीहरुलाई विद्यालय भर्ना गर्ने निर्णय गरेको परियोजना संयोजक गणेश ठकुरीले जानकारी दिए । संजालका अध्यक्ष प्रभु प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठक मै विद्यालय बाहिर रहेका जगरनाथपुर गाउँपालिका १६२ जना किशोरीहरुलाई विधालय भर्नाको लागी सम्बन्धित विधालयहरुलाई नामलिस्ट उपलब्ध गराएर विद्यालय भर्ना गरिएकाे उनले जानकारी गराए ।

सो कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रतिनिधि, विधालयका शिक्षक र परियोजनासंग सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोरोना भाईरसका सक्रमणको अवस्थामा भएका हिंसाका घटनाहरु, वालविवाहका घटनाहरुको बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले कोरोना सक्रमणको समयमा विधालयहरु बन्द भएकोले विधालय खोल्ने वातावरण सृजना गर्नको लगाी सबैजना मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...