22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा पनि किशोरीहरु विद्यालय भर्ना

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा लेङ्गिक शिक्षा संजालको त्रैमासिक बैठक सम्पन्न भएको छ ।

भि.एस.ओ नेपाल र दिब्य युवा क्लवको साझेदारीमा संचालित किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत परिचालित पालिका स्तरिय संजालको बैठक सम्पन्न भएको हो ।

जगरनाथपुर गाउँपालिकाको सभा हलमा बसेकाे बैठकले विद्यालय बाहिर रहेका किशोरीहरुलाई विद्यालय भर्ना गर्ने निर्णय गरेको परियोजना संयोजक गणेश ठकुरीले जानकारी दिए । संजालका अध्यक्ष प्रभु प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठक मै विद्यालय बाहिर रहेका जगरनाथपुर गाउँपालिका १६२ जना किशोरीहरुलाई विधालय भर्नाको लागी सम्बन्धित विधालयहरुलाई नामलिस्ट उपलब्ध गराएर विद्यालय भर्ना गरिएकाे उनले जानकारी गराए ।

सो कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रतिनिधि, विधालयका शिक्षक र परियोजनासंग सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोरोना भाईरसका सक्रमणको अवस्थामा भएका हिंसाका घटनाहरु, वालविवाहका घटनाहरुको बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले कोरोना सक्रमणको समयमा विधालयहरु बन्द भएकोले विधालय खोल्ने वातावरण सृजना गर्नको लगाी सबैजना मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.854 sec. Memory consumption:81.5 mb