Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रामपुरटोकनीमा चित्रकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको परवानिपुर गाउँपालिका वडा नम्बर २ रामपुरटोकनीमा साेमबार सम्बाद केन्द्र स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा एवम् नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संरक्षण नेपाल र चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न भएको किशोरी सम्बाद कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी दिए ।

बिश्वभरि महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट कसरी सुरक्षित हुने, कोरोना भाइरसका लक्ष्ण तथा यसबाट बच्ने सम्भावित उपायहरू लगायत सन्देश दिने खालको चित्र प्रतियाेगिताका सहभागीहरूले बनाएका थिए ।

परवानीपुर गाउँपालिकाको १ देखी ५ सम्मकाे वडामा किशोर तथा किशोरी सम्वाद केन्द्र संचालनमा रहेको फिल्ड सुपरभाइजर साहले बताए ।

प्रतियोगितामा सरस्वती किशोरी सम्बाद केन्द्रका किशोरी खुश्बु कुमारी राम प्रथम, प्रभात किशोर सम्बाद केन्द्रका किशोर रुपेश कुमार राय दोस्रो र अनमोल किशोर सम्बाद केन्द्रका साहिल हवारी तेस्रो भएका थिए ।

किशोरी सम्बाद केन्द्रका सम्बाद सहयोग समितिका संयोजक शम्भु साह कानुकाे अध्यक्षता र परवानीपुर गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष इश्वरी प्रसाद साहकाे प्रमुख अतिथ्यतामा भएको प्रतियाेगितामा स्वास्थ चौकी रामपुरटोकनीका प्रमुख गृजेश गुप्ता, किशोरी सम्बाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राई, लेखा अधिकृत रबिन भण्डारी, एनिमेटरहरु, किशोर तथा किशोरीहरुको सहभागिता रहेकोे थियाे ।

प्रतियाेगितामा प्रथम, दाेस्राे र तेस्राे हुनेलाई प्रतियाेगिताका अध्यक्ष, प्रमुख अतिथी र अतिथीहरुले पुरस्कारसमेत बितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...