Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

डाबर नेपालका २ सहित पर्सामा थप १८ जना काेराेना पाेजिटिभ

spot_img
spot_img

वीरगंज । पर्साकाे १८ सहित थप २६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका १८, बाराका ६, राैतहटका र सर्लाहीका एक-एक जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्साका ७२ सहित बारा, राैतहट र सर्लाहीका गरी ९६ जनाकाे स्वाबकाे नमुना आरटी पिसिआर विधिबाट परिक्षण गरिएकाे थियाे ।

प्रवक्ता डा. चाैरसियाका अनुसार काेराेना पाेजिटिभ हुनेमा ९ बर्षिय बालकदेखी ६८ बर्षकाे वृद्ध सम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु २४ देखी ३३ सम्म रहेकाे छ ।

पर्सामा वीरगंजकाे तराई हस्पिटका २५ बर्षिय पुरुष, डाबर नेपालका ३६ बर्षिय दुई पुरुष, वीरगंज महानगरपालिकाकाे वडा नं. ३ का २६ बर्षिय पुरुष, वडा नं. ८ का ४५ बर्षिय पुरुष, वडा नं. १० का २८ बर्षिय पुरुष, वडा नं. १२ का ४५ बर्षिय पुरुष, वडा नं. १६ का ५३ बर्षिय पुरुष,  वडा नं. २० का ४७ बर्षिय पुरुष र वडा नं. २२ का ३८ बर्षिय पुरुष संक्रमित भएका छन् ।

त्यसैगरी, पर्सा कै बिन्दवासिनी गाउँपालिकाकाेे वडा नं. २४ बर्षिय पुरुष, बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ का ५४ बर्षिय पुरुष, पकहा मैनपुर गाउँपालिका वडा नं. ४ का १८ बर्षिय पुरुष काेराेना पाेजिटिभ भएका हुन् ।

त्यसैगरी,  बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. १ का ६० बर्षिय महिला, कलैया उपमहानगरपालिका वडा नं. १८ का ९ बर्षिय बालक, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का ३१ बर्षिय पुरुष, २८ बर्षिय महिला, वडा नं. १४ का ३२ र २८ बर्षका पुरुष संक्रमित भएका छन् ।

त्यसैगरी, राैतहटकाे गढीमाई नगरपालिका वडा नं. ५ का ३८ बर्षिय पुरुष र सर्लाहीकाे रामनगर नगरपालिका वडा नं. ७ का २४ बर्षिय पुरुषमा संक्रमण देखिएकाे प्रवक्ता डा. चाैरसियाले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...