Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नेपाली कांग्रेसकाे जगरनाथपुरमा शुभकामना आदानप्रदान

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुरमा गाउँपालिकामा नेपाली कांग्रेसकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ गढहियामा भएकाे कार्यक्रममा हिन्दुहरुकाे महान चाँड बडा दशैं, दिपावली र छठ पर्वकाे शुभकामना आदानप्रदान गरिएकाे थियाे ।

नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बडा दशैं, दिपावली तथा छठकाे अवसरमा काेराेना भाइरस संक्रमण अन्त्य हाेस भने कामाना गरे ।

भ्रखर केही दिन काेराेना निकाे भएर आएका नेता रिजालले काेराेनासंग जित्न आत्मबल जरुरी रहेकाे वताए । लक्षण विनाकाे काेराेना संक्रमण उच्च आत्मबल र घरेलु उपचारले जित्न सकिने उनकाे भनाई थियाे ।

अक्राे प्रसंगमा कुरा गर्दै नेता रिजालले प्रदेश नं. २ का कृषी लक्षित याेजनाहरु नआउन्जे विकास नहुने वताए । उनले भने “प्रदेश सरकार हाेस् वा संघ सरकार दुबैकाे कमाउ लक्षित याेजनाहरु छन् । कृषी लक्षित याेजना नहुन्जेल सम्म प्रदेशकाे विकास हुन सक्दैन, त्यसैले यस तर्फ दुबै सरकारकाे ध्यान जान जरुरी छ ।”

नेपाली कांग्रेसका जगरनाथपुर गाउँपालिका संयाेजक राजनिश प्रसाद चाैहानकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव किशाेरी साह, प्रदेश सांसद शंकर चाैधरी, महाधिबेशन प्रतिनिधि कृपा सिन्धु चाैधरी, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, क्षेत्रिय सभापति रमेश पाण्डे, सचिव श्रिकान्त यादव, नेता सहरुम राउत गद्दी, सुबाष यादव, मनिफ राउत, लक्ष्मि साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...