26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपाली कांग्रेसकाे जगरनाथपुरमा शुभकामना आदानप्रदान

वीरगंज । पर्साकाे जगरनाथपुरमा गाउँपालिकामा नेपाली कांग्रेसकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ गढहियामा भएकाे कार्यक्रममा हिन्दुहरुकाे महान चाँड बडा दशैं, दिपावली र छठ पर्वकाे शुभकामना आदानप्रदान गरिएकाे थियाे ।

नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बडा दशैं, दिपावली तथा छठकाे अवसरमा काेराेना भाइरस संक्रमण अन्त्य हाेस भने कामाना गरे ।

भ्रखर केही दिन काेराेना निकाे भएर आएका नेता रिजालले काेराेनासंग जित्न आत्मबल जरुरी रहेकाे वताए । लक्षण विनाकाे काेराेना संक्रमण उच्च आत्मबल र घरेलु उपचारले जित्न सकिने उनकाे भनाई थियाे ।

अक्राे प्रसंगमा कुरा गर्दै नेता रिजालले प्रदेश नं. २ का कृषी लक्षित याेजनाहरु नआउन्जे विकास नहुने वताए । उनले भने “प्रदेश सरकार हाेस् वा संघ सरकार दुबैकाे कमाउ लक्षित याेजनाहरु छन् । कृषी लक्षित याेजना नहुन्जेल सम्म प्रदेशकाे विकास हुन सक्दैन, त्यसैले यस तर्फ दुबै सरकारकाे ध्यान जान जरुरी छ ।”

नेपाली कांग्रेसका जगरनाथपुर गाउँपालिका संयाेजक राजनिश प्रसाद चाैहानकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव किशाेरी साह, प्रदेश सांसद शंकर चाैधरी, महाधिबेशन प्रतिनिधि कृपा सिन्धु चाैधरी, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, क्षेत्रिय सभापति रमेश पाण्डे, सचिव श्रिकान्त यादव, नेता सहरुम राउत गद्दी, सुबाष यादव, मनिफ राउत, लक्ष्मि साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।   

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.779 sec. Memory consumption:81.44 mb