Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेकपा छिपहरमाई गाउँपालिका कमिटीको शपथ ग्रहण

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को छिपहरमाई गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएको छ ।

छिपहरमाई गाउँपालिका कमिटीद्वारा जिल्ला पार्टी कार्यालय मनमोहन नगर रामगढवामा आयोजित एक समारोह बीच कमिटीका अध्यक्ष मुक्ति नारायण साह लगायतका पदाधिकारी एंवम सदस्यहरूलाई पार्टीका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले शपथ ग्रहण गराउनु भएको हो ।

साबिक मिर्जापुर गाबिसका पूर्व अध्यक्ष एवम कमिटीका जेष्ठ सदस्य चन्जीत महतो कोइरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज रामचन्द्र साहले कम्युनिस्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा चल्ने पार्टी भएकोले जनवादी केन्द्रीयता नमान्ने व्यक्ति कम्युनिस्ट हुनै न सक्ने बताउनु भयो ।

वहाँले नेकपा भित्र पनि केही अपरिपक्व व्यक्तिहरूका कारण बेथिति श्रृजना भएकोले बेथिति श्रृजना गर्ने अपरिपक्वहरुलाई परिपक्व बनाउन आफूहरु लागि परेको बताउनु भयो ।

कार्यक्रममा अर्का वक्ता पार्टीका प्रदेश नं-२ कमिटीका सदस्य छोटेलाल यादवले नेकपा पर्सा केही लम्पट पुँजीवादीहरुको चंगुलमा फस्ने खतरा रहेकोले पार्टी जोगाउन समय मै इमान्दार कार्यकर्ताहरु एक जुट हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य बालेश्वर थारु, किशोरी कुशवाहा, बालगोपाल थापा, जिल्ला सचिव विजय महतो, संविधान सभा सदस्य बिचरी यादव, जिल्ला कमिटी सदस्यहरु मनोज चौधरी, मोहन यादव, मोतीलाल यादव, प्रभाकर गुप्ता, शिवशंकर यादव, प्रेस संगठनका केन्द्रीय सदस्य वृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अरुण यादव लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने स्वागत मन्तब्य मुक्ति नारायण साह र संचालन जिल्ला कमिटी सदस्य राघव साहले गर्नु भएको थियो ।

सोही कार्यक्रममा बहुदरमाई नगरपालिका कमिटीका अध्यक्ष शिवशंकर यादव र सचिव मोहन यादवलाई पार्टी केन्द्रिय सदस्य साहले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...