Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पाेखरियाका ६ सहित थप २१ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका १५ सहित थप २१ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहिबार गरिएकाे परिक्षणमा पर्साका १५, बाराका ५ र राैतहटका एक जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए । पर्सा, बारा र राैतहटका कुल ९६ जनाकाे स्वाब आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ६ महिलासहित २१ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा ८ महिने बालकदेखी ५७ बर्षिय उमेर समुहका व्यक्तिहरु रहेका छन् । उनीहरुकाे सिटी भ्यालु २६ देखी ३६ सम्म रहेकाे छ ।

पर्साकाे पाेखरिया नगरपालिका वडा नं. १ का ३६ बर्षिय महिला, ८ महिने बालक, ४९ बर्षिय पुरुष, वडा नं. ४ का ४० बर्षिय पुरुष, वडा नं. ५ का ४९, २८ बर्षिय पुरुष, जगरनाथपुर गाउँपालिका वडा नं. ३ का २३, २० बर्षिय महिला, १६ बर्षिय पुरुष, वडा नं. ५ का २४, २६ बर्षिय पुरुष, पर्सागढी नगरपालिका वडा नं. २ का ३८ बर्षिय महिला, वीरगंज महानगरपालिका वडा नं. १० का ४७ बर्षिय पुरुष, वडा नं. २३ का ३२ बर्षिय महिला र ठाेरी गाउँपालिका वडा नं. १ का ३७ बर्षिय पुरुष संक्रमित भएका छन् ।

यस्तै, बाराकाे काेल्भी नगरपालिका वडा नं. १ का ५७ बर्षिय पुरुष, वडा नं. ११ का ३१ बर्षिय पुरुष, कलैया उपमहानगरपालिका वडा नं. ६ का ३० बर्षिय पुरुष, वडा नं. ९ का ३७ बर्षिय पुरुष र पिलुवाका ४१ बर्षिय पुरुषमा संक्रमण देखिएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...