Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

हात धुन सिकाएर कोभिड वारियर्सले हात धुने दिवस मनायाे

spot_img
spot_img

वीरगञ्ज । विश्व हातधुने दिवसको अवसरमा वीरगञ्जमा ‘हात धोऔं कोरोनाबाट बचौं’ भन्ने नाराका साथ मनाइएको छ ।

कोभिड वारियर्स र संस्कृतीको संयुक्त आयोजनामा विश्व हातधुने दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ लक्षमीनारायण टोलस्थित दलित बस्तिका बालबालिकाहरुलाई हात धुँदा हुने फाइँदाको बारेमा जानकारी दिई जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कोभिड वारियर्सका प्रतिनिधिहरुले विश्व स्वास्थ्य संगठनको विधि अनुसार बालबालिकाहरुलाई साबुन पानी प्रयोग गरेर हात धुन सिकाएका थिए । उनीहरुले साबुन पानीले हात धुँदाको फाइदा र कुन-कुन बेला हात धुनु पर्छ भन्ने बारेपनि बालबालिकाहरुलाई जानकारी गराएका थिए ।

विपन्न तथा गरिब समुदायको बसोबास रहेको दलित बस्तिमा जनचेतनाको अभावका कारण त्यहाँका बालबालिकाहरु वर्षेनी कयौं किसिमको रोगबाट संक्रमित हुनेदेखि ज्यान समेत गुमाउने गरेका छन् । आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न दलित बस्तीलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको वारियर्सका प्रतिनिधि हेमन्त तामाङले बताए ।

उनले बालबालिकामा आएको चेतनाले समाज परिवर्तनमा ठूलो भूमिका रहने भएकाले पनि विशेष गरेर बालबालिकाहरुलाई सिकाइएको बताए ।

कार्यक्रममा कोभिड वारियर्सका संयोजक नवराज फुँयाल, शक्ति अग्रवाल, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्कृतीका का. अध्यक्ष आशुकुमार सर्राफ, स्वास्थ्यकर्मी निक्की उपाध्याय, मनिषा पाण्डे, अश्मिता थापा, सौरभ श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...