Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंजस्थित चित्रगुप्त मन्दिरमा युवा समितीद्वारा सरसफाई

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित गीता मन्दिर रोडमा रहेको चित्रगुप्त मन्दिरमा सरसफाई गरिएको छ । चित्रगुप्त सेवा समाज अन्तर्गतको चित्रगुप्त युवा समितीले सरसफाई गरेको हो ।

बिहीबार बिहान युवा समितीका सदस्यहरुले ३ तल्लो मन्दिरको भवनको सरसफाई गरे । बीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा मन्दिरको सरसफाई गरिएको जनाइएको छ ।

युवा समितीका संयोजक राजन श्रीवास्तवको नेतृत्वमा अंकिता कर्ण, शितल कर्ण, रश्मी कायस्थ, रेयान कायस्थ, प्रभात श्रीवास्तव, राहुल श्रीवास्तव लगायतकाले सरसफाईमा सहभागि थिए । कायस्थ समुदायको ईष्टदेवका रुपमा रहेका भगवान चित्रगुप्तको मन्दिर संरक्षण तथा संस्कृती र परम्परा प्रर्वद्धनका लागि युवा समितीको गठन भएको संयोजक श्रीवास्तवले बताए ।

सरसफाई कार्यक्रमबाट कार्यपारम्भ गरेको युवा समितीले आउने दिनमा थप प्रभावकारी कार्यक्रमहरु गर्दै जाने श्रीवास्तवको भनाई छ । यसैबिच बिहीबार नै एक कार्यक्रमका बिच चित्रगुप्त मन्दिरका पुजारीलाई सम्मान गरिएको छ । विगत लामो समयदेखि मन्दिरको संरक्षण गर्दै आएका उनलाई चित्रगुप्त सेवा समिती तथा कायस्थ युवा समितीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

साे कार्यक्रममा संरक्षक समितीका सह अध्यक्ष एवं नारायणी अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्र किशोर लाभ, वार एशोसियसन उच्च अदालत बीरगन्जका अध्यक्ष सुधिर कुमार कर्ण, कार्यकारिणी समिति अध्यक्ष महेश दास, उपाध्यक्ष अरुण कुमार लाल, सचिव प्रभु नारायण कर्ण, कोषाध्यक्ष डा आलोक दत्त, अग्रज राम, बिहारी दासलगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण युवा समितीका सदस्य तथा सञ्चारकर्मी विवेक कर्णले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...