23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजस्थित चित्रगुप्त मन्दिरमा युवा समितीद्वारा सरसफाई

वीरगंज । वीरगंजस्थित गीता मन्दिर रोडमा रहेको चित्रगुप्त मन्दिरमा सरसफाई गरिएको छ । चित्रगुप्त सेवा समाज अन्तर्गतको चित्रगुप्त युवा समितीले सरसफाई गरेको हो ।

बिहीबार बिहान युवा समितीका सदस्यहरुले ३ तल्लो मन्दिरको भवनको सरसफाई गरे । बीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा मन्दिरको सरसफाई गरिएको जनाइएको छ ।

युवा समितीका संयोजक राजन श्रीवास्तवको नेतृत्वमा अंकिता कर्ण, शितल कर्ण, रश्मी कायस्थ, रेयान कायस्थ, प्रभात श्रीवास्तव, राहुल श्रीवास्तव लगायतकाले सरसफाईमा सहभागि थिए । कायस्थ समुदायको ईष्टदेवका रुपमा रहेका भगवान चित्रगुप्तको मन्दिर संरक्षण तथा संस्कृती र परम्परा प्रर्वद्धनका लागि युवा समितीको गठन भएको संयोजक श्रीवास्तवले बताए ।

सरसफाई कार्यक्रमबाट कार्यपारम्भ गरेको युवा समितीले आउने दिनमा थप प्रभावकारी कार्यक्रमहरु गर्दै जाने श्रीवास्तवको भनाई छ । यसैबिच बिहीबार नै एक कार्यक्रमका बिच चित्रगुप्त मन्दिरका पुजारीलाई सम्मान गरिएको छ । विगत लामो समयदेखि मन्दिरको संरक्षण गर्दै आएका उनलाई चित्रगुप्त सेवा समिती तथा कायस्थ युवा समितीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

साे कार्यक्रममा संरक्षक समितीका सह अध्यक्ष एवं नारायणी अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्र किशोर लाभ, वार एशोसियसन उच्च अदालत बीरगन्जका अध्यक्ष सुधिर कुमार कर्ण, कार्यकारिणी समिति अध्यक्ष महेश दास, उपाध्यक्ष अरुण कुमार लाल, सचिव प्रभु नारायण कर्ण, कोषाध्यक्ष डा आलोक दत्त, अग्रज राम, बिहारी दासलगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण युवा समितीका सदस्य तथा सञ्चारकर्मी विवेक कर्णले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.903 sec. Memory consumption:81.46 mb