Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरी र जिराभवानीमा नेकपाको पालिका कमिटीको शपथ ग्रहण

spot_img
spot_img

वीरगंज । नेकपाको जीरा भवानीपुर र ठोरी गाउँपालिका कमिटीको शपथ ग्रहण बिहिबार सम्पन्न भएको छ ।

जीराभवानीपुर गाउँपालिकाको जीराभवानी मन्दिरमा आयोजित एक कार्यक्रम विच नेकपाका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले जिराभवानीपुर गाउँपालिका कमिटीका पदाधिकारी एवम् सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भयाे ।

गाउँपालिका कमिटीका अध्यक्ष रामशरण राय र सचिव भोला महतो थारु लगायतका पदाधिकारी एंवम सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका हुन

त्यस्तै ठोरी गाउँ पालिकाको हाङ डाडामा आयोजित ठोरी गाउँपालिका कमिटीको अध्यक्ष गंगा खड्का र सचिव निमा लामा लगायतका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला सचिव विजय महतोले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहमा नेकपाका केन्द्रिय सदस्य एवं वीरगंज महानगर कमिटीका इन्चार्ज दिनेश राई, जिल्ला सचिव विजय महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालेश्वर थारु, बालगोपाल थापा, जिल्ला कमिटी सदस्यहरु उषमान अंसारी, शम्भु गुप्ता, प्रभाकर गुप्ता, प्रेस संगठनका केन्द्रिय सदस्य ब्रिजलाल पासवान, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण यादव, अनेरास्वबयुका केन्द्रिय सदस्य शिवम साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...