Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

ठाेरी र जिराभवानीमा नेकपाको पालिका कमिटीको शपथ ग्रहण

spot_img
spot_img

वीरगंज । नेकपाको जीरा भवानीपुर र ठोरी गाउँपालिका कमिटीको शपथ ग्रहण बिहिबार सम्पन्न भएको छ ।

जीराभवानीपुर गाउँपालिकाको जीराभवानी मन्दिरमा आयोजित एक कार्यक्रम विच नेकपाका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले जिराभवानीपुर गाउँपालिका कमिटीका पदाधिकारी एवम् सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भयाे ।

गाउँपालिका कमिटीका अध्यक्ष रामशरण राय र सचिव भोला महतो थारु लगायतका पदाधिकारी एंवम सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका हुन

त्यस्तै ठोरी गाउँ पालिकाको हाङ डाडामा आयोजित ठोरी गाउँपालिका कमिटीको अध्यक्ष गंगा खड्का र सचिव निमा लामा लगायतका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला सचिव विजय महतोले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहमा नेकपाका केन्द्रिय सदस्य एवं वीरगंज महानगर कमिटीका इन्चार्ज दिनेश राई, जिल्ला सचिव विजय महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालेश्वर थारु, बालगोपाल थापा, जिल्ला कमिटी सदस्यहरु उषमान अंसारी, शम्भु गुप्ता, प्रभाकर गुप्ता, प्रेस संगठनका केन्द्रिय सदस्य ब्रिजलाल पासवान, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण यादव, अनेरास्वबयुका केन्द्रिय सदस्य शिवम साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...