Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाका ४ सहित पर्सामा थप २३ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका २३ सहित थप ३७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे  छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा पर्साका २३ र बाराका १४ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

पर्साका १५८ र बाराका ३४ जनाकाे स्वाब आरटी पिसिआर विधिबाट परिक्षण गर्दा २ महिलासहित ३७ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा १० बर्षिय बालकदेखी ६७ बर्षिय वृद्धसम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १९ देखी ३६ सम्म रहेकाे छ ।

पर्साकाे पाेखरिया नगरपालिकाकाे वडा नं. २ का ३ जना, वडा नं. ५ का एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ७, ११, १४, १८, २२ का एक-एक जना, वडा नं. १३ का ४ जना र वडा नं. १५ का २ जना संक्रमित भएकाे जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

संक्रमित हुनेमा वीरगंज आर्मी ब्यारेकका पनि ३ जना रहेका छन् भने एक जनाकाे ठेगाना खुल्न सकेकाे छैन ।

यस्तै बाराकाे मालपाेत कार्यालयका ११ जना, जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. १२ का २ जना, कलैया उपमहानगरपालिकाकाे वडा नं. १ का एक जना संक्रमित हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...