Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा नेपाल संघीय समाजवादी पार्टीकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा नेपाल संघीय समाजवादी पार्टीकाे गाउँपालिका समिति गठन भएकाे छ । 

खेदारु रामकाे अध्यक्षता र पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधि सभा सदस्यकाे प्रत्याशी ईमदाद गद्दी (सुग्गा) काे प्रमुख अतिथ्यतामा भएकाे भेलाले समिति गठन गरेकाे हाे । भेलाले जितेन्द्र कुमार रामकाे अध्यक्षतामा १३ सदस्यिय समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्ष छोटेलाल पासवान, सचिव रामलीला राम, सह सचिव सौखिलाल पासवान, कोषाध्यक्ष कुश्मि देवी, सदस्य हरू सुरेन्द्र माझी, शंकर पासवान, शिव राम, कस्तूरी देवी, धनेश चौधरी, कारी राम, माया देवी, बिरेन्द्र राम रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेता इमदाद गद्दीले शाेसित, पिडित, बंचित तथा गरिबकाे मुक्तिकाे अभियानमा आफु लागेकाे वताए । उनले नव गठित समितिलाई शुभकामना दिदै देश कै सम्पूर्ण उत्पिडित बर्ग एक हुनु पर्नेमा जाेड दिए ।

पार्टीका जिला सदस्य तैयब अहमद, रामपारस साह कानुकाे विशेष उपस्थिति भएकाे कार्यक्रममा ६९ लोगो पार्टी प्रबेशसमेत गरेकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...