Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

जिराभवानीमा नेपाल संघीय समाजवादी पार्टीकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा नेपाल संघीय समाजवादी पार्टीकाे गाउँपालिका समिति गठन भएकाे छ । 

खेदारु रामकाे अध्यक्षता र पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधि सभा सदस्यकाे प्रत्याशी ईमदाद गद्दी (सुग्गा) काे प्रमुख अतिथ्यतामा भएकाे भेलाले समिति गठन गरेकाे हाे । भेलाले जितेन्द्र कुमार रामकाे अध्यक्षतामा १३ सदस्यिय समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्ष छोटेलाल पासवान, सचिव रामलीला राम, सह सचिव सौखिलाल पासवान, कोषाध्यक्ष कुश्मि देवी, सदस्य हरू सुरेन्द्र माझी, शंकर पासवान, शिव राम, कस्तूरी देवी, धनेश चौधरी, कारी राम, माया देवी, बिरेन्द्र राम रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेता इमदाद गद्दीले शाेसित, पिडित, बंचित तथा गरिबकाे मुक्तिकाे अभियानमा आफु लागेकाे वताए । उनले नव गठित समितिलाई शुभकामना दिदै देश कै सम्पूर्ण उत्पिडित बर्ग एक हुनु पर्नेमा जाेड दिए ।

पार्टीका जिला सदस्य तैयब अहमद, रामपारस साह कानुकाे विशेष उपस्थिति भएकाे कार्यक्रममा ६९ लोगो पार्टी प्रबेशसमेत गरेकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...