7 April 2025
KALIKATIMES.COM

रेडक्रसद्वारा छिपहरमाई गाउँपालिकालाई सरसफाइ सामग्री सहयाेग

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकालाई नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाले सहयाेग गरेकाे छ । 

जिएसएफ युएनहैविटाटकाे सहयाेगमा गाउँपालिकालाई विभिन्न किसिमकाे सरसफाई सामग्री सहयाेग गरिएकाे रेडक्रसका सुरज कुमार सिंहले वताए ।

रेडक्रस पर्साले स्टेन्डसहित एचडिपिई ट्यांक ३ थान, १० लिटरकाे बाल्टिन २ थान, मग २ थान, ४० किलाे क्षमता भएकाे कभर डस्टबिन २ थान, १२५ ग्रामकाे हेन्डवास १२० पिस, १०० ग्रामकाे हेन्डवास १२० पिस, २०० एमएल लिकुइड हेन्डवास १५ पिस, २७५ एमएलकाे हेन्ड सेनिटाइजर १० पिस, सेनेटरी प्याड ३० प्याकेट, सर्जिकल माक्स ५०० पिस, लुज ग्लबस १०० पिस लगायतकाे सामग्री गाउँपालिकालाई सहयाेग गरेकाे उनले जानकारी गराए । 

रेडक्रस प्रतिनिधि सिंहले गाउँ कार्यपालिकाकाे कार्यालय भिस्वा मै पुगी उप प्रमुख मोदिना खातुनलाई साे सामग्री हस्तान्तरण गरेकाे जनाए । साे अवसरमा रेडक्रस पर्सा शाखाका प्रभाकर गुप्ता, अजित पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:4.428 sec. Memory consumption:82.5 mb