23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

स्वास्थ्य कार्यालयकाे जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठि सम्पन्न

वीरगंज । जिल्ला स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठि आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्साको सभाहलमा आईतवार देखि सञ्चालित दुई दिने समिक्षा गोष्ठि सोमवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का स्वास्थ्य प्रशासक मुक्तिनारायण साहले गत वर्षमा भएका विभिन्न गतिविधि सन्तोषजनक रहेको र आउने दिनमा पनि कोरोना माहामारीलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाउदै आ–आफ्नो कार्य जिम्मेवारीका साथ पुरा गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका नवल किशोर साहले आ.व. २०७६÷०७७ को वार्षिक कार्यपत्र प्रस्तुत गर्दै खास गरी खोप, परिवार नियोजन, पोषण, क्षयरोग, कुष्टरोग लगायतमा विशेष जोड दिईएको बताए । सो अवसरमा जनस्वास्थ्य निरिक्षक जयमोद ठाकुरले कोरोना महामारीको बीच पर्सा जिल्लामा भए गरेका गतिविधिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्सा जिल्लामा रहेका १४ वटै पालिकाका स्वास्थ्य प्रमुखहरुले आ–आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका बरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका राजेश साह लगायत विभिन्न एनजिओ, आईएनजिओका ४५ जनाको सहभागीता रहेको नवल किशोर साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.453 sec. Memory consumption:81.46 mb