वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखीमा साेमबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी पर्सागढी नगर कार्य समितिको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय निमावि पंचरुखीमामा भएकाे शिविरमा ३ सय ३१ जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको जनता समाजवादी पार्टीका नेतासमेत रहेका साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले वताए ।
माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन भएकाे शिविरमा माेतियाबिन्दु फेला परेकाहरुकाे कार्तिक १५ गतेदेखि नि:शुल्क शल्यक्रियासमेत गरिने उनले जानकारी गराए ।
शिविर उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी, जनता समाजवादीका नेता सिंह, प्रेम बाबु पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम मियाँ, उमेशलाल सहनी, मुकेश द्धिवेदी, आमोद यादव, शशि पाण्डे, माट्रिका आई फाउन्डेसनका महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे ।
शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियतामा संचालन भएको थियो ।