Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रहरीले नियन्त्रणमा लिएकाे मदिरा बाग्रेनिङ नमिलेपछि भन्सार बुझायाे

spot_img
spot_img

वीरगंज । प्रहरीले बुधबार नियन्त्रणमा लिएकाे मदिरा बाग्रेनिङ नमिलेपछि भन्सार बुझाइएकाे खुलासा भएकाे छ ।

विभिन्न पसलहरुकाे लागि पठाइएकाे मदिराकाे भ्याट बिलसमेत हुदा प्रहरीले मागेकाे खर्चबर्च आफुले दिन नमानेपछि भन्सार बुझाइएकाे मदिरा व्यसायी रंजित जयसवालले आराेप लगाएका छन् ।

उनका अनुसार पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरबाट असाेज २१ गते बुधबार प्रहरी चाैकी मिर्जापुरले बा. ६ च. ४८१२ नम्बरकाे मदिरा बाेकेकाे पिकपअ नियन्त्रण लिएकाे थियाे । त्यसपछि पिकअपका चालकसंग फाेन गर्न लगाई खर्चबर्च दिनु  पर्छ भनियाे । खर्चबर्च दिन नमानेपछि दिउसाे ३ बजे पक्राउ गरिएकाे मदिरासहितकाे पिकअप सांझ ६ बजे इलाका प्रहरी कार्यालय पाेखरियामा पठाइयाे । त्यहाँ पनि आलटाल गरी बिहिबार सांझ भन्सार बुझाइयाे ।

मदिरा व्यवसायी संघ पर्साले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले भने “पर्साकाे धाेबिनी गाउँपालिकाकाे लंगडी, छिपहरमाई गाउँपालिकाकाे भिस्वा र मिर्जापुरकाे विभिन्न पसलहरुकाे लागि भ्याट बिलसहित मैले मदिरा पठाइएकाे थियाे । तर प्रहरी चाैकी मिर्जापुरले मदिरासहितकाे पिकअप नियन्त्रणमा लिएर मागेकाे खर्चबर्च नदिएपछि सुरुमा इप्रका पाेखरियामा पठायाे । त्यहाँ पनि आफु पुग्दा साे दिन सई साहेबले तपाईकाे मदिराकाे कागपत्र ठिक छ तपाई भाेली आउनुस् भनेर पठाइयाे ।”  

 त्सकाे भाेली पल्ट बिहिबार विहान इप्रका पाेखरियामा पुग्दा इन्सपेक्टर साहेब हुनुहुन पछि आउनुस् भनेर पठाइयाे । पछि अपरान्ह ४ बजे फेरी इप्रका पाेखरियामा पुग्दा सई सावले इन्सपेक्टर सावसंग भेट गर्न नदिई पठाउनु भयाे । त्यसपछि साेही दिन सांझ ७ बजे प्रहरीले नियन्त्रमा लिएकाे मदिरासहितकाे पिकअप भन्सार बुजाइएकाे उनले वताए ।  

उनका अनुसार प्रहरीले एक लाख ४० हजार मुल्य बराबरकाे विभिन्न किसिमकाे मदिरा नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले पक्राउ गरेकाे मदिरासहितकाे पिकअप र ३ जनालाई मानिसलाई वीरगंज भन्सार बुझाएपछि पक्रिया पुगाएर ३ लाख ९४ हजार बिगाे तिरेर छाेडाएकाे उनले वताए ।

प्रहरीले कुनै सामान वा व्यक्तिलाई पक्राउ गरेपछि साेही दिन वा त्यसकाे भाेली पल्ट सार्वजनिसमेत गर्ने गरेकाे छ । याे मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाएकाे ५ दिनमा पनि सार्वजनिक गरेकाे छैन् ।

नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा आयाेजित पत्रकार सम्मेलनमा वीरगंज मदिरा व्यवसायी संघका अध्यक्ष रामाधार प्रसाद सर्राफ, सचिव बलिराम मण्डल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...