Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

सजाय बढाउने वा सचेत गराउने ?

spot_img
spot_img

प्रशान्त भट्टराई

विद्यालयमा विद्यार्थीहरुको मुख्य काम भनेको ज्ञान आर्जन गर्ने हो र त्यस ज्ञानलाई उपयुक्त ढंगले आफ्नो दैनिक कार्यमा उतार्ने हो । गलत र सहि छुट्याउने र मार्गदर्शन दिने काम शिक्षकले दिने हो । यदि त्यो बिद्यार्थी हरेक चोटी असफल रहेमा उसलाई शिक्षकले सम्झाएर बुझाएर सोहि कुरालाई अर्को चोटी सफल हिसाबले पूरा गर्न मार्गदर्शन दिन्छन् । त्यस्तै समाजमा अघि बढ्न प्रोत्साहन र हौसला अग्रज र अभिभाबकबाट प्राप्त हुन्छ ।

समाजलाई कुन मार्ग तर्फ लाने भन्ने मानिसको चेतना र व्यवहारमा नै निर्भर हुन्छ । समाजमा राम्रा र नराम्रा दुवै किसिमका व्यक्तित्वहरु हुन्छन् त्यसैले समाजमा विभिन्न घटनाहरु घट्छन । यस्ता घटनाहरु कहिले  र कति बेला घट्छ भन्ने कुरामा कोही जानकार हुदैन। केहि घटना सम्बन्धि पूर्व जानकारी हुँदा हुँदै पनि कुनै त्यस परिस्थिति घटनालाई रोक्नलाई हामी असमर्थ हुन्छौँ ।राम्रो काम गर्नेहरु धेरै होलान तर केहि मानिसको नकारात्मक सोचले गर्दा समाजमा धेरै असर पर्न जान्छ ।

कोरोना महामारीको बेला मानिसहरुको दैनिक जनजीवन अस्त व्यस्त भईरहेको बेला हाम्रो समाजमा जघन्य अपराध भएको घटना सुन्नु परिरहेको हुदा देश कहाँ कुन परिस्थितिमा पुग्ने हो भन्ने कुराले मन चिन्तित हुन्छ । दिन दिनै मानिसको सोच पशु तुल्य हुदै गईरहेको छ । मानवले सभ्य हुन दिनदिनै बिर्सिदै गईरहेका भान हुन्छ । 

परिवार र समाज निर्माणमा पुरुष जातिको भूमिका हुन्छ तर नारीको अस्तित्वलाई दबाउने काम समाजले दिनदिनै वृद्धि भईरहेको छ । नारीको उत्तिकै भूमिका हुन्छ । समाचार, पत्रपत्रिका, सामाजिक संजाल जताततै बलात्कार र जबर्जस्ति करणीको समाचार देख्नु र सुन्नु पर्दा यस समाजका मानिस र पशुको केहि अन्तर नदेखिएको भान हुन्छ । बरु पशुलाई मानिसले काबुमा राख्न सक्छन तर सामाजिक प्राणी भएर पनि एक अर्काको सम्मान गर्न नसक्ने मानिस कतै मानिस पशु तुल्यनै त छैनन् ?

सृष्टिमा मानवलाई चेतनशील प्राणी मानिएको छ । मानव जीवनको सृष्टि सबैको हेरचाहा गर्ने हो ।  जसले अरुको सम्मान गर्न जान्दैनन् त्यो मनिसको केहि औचित्य हुदैन । एक्काइसौं सताब्दीमा समाज परिबर्तनमा महिलाहरुको देन हेर्ने हो भने पुरुष भन्दा कम छैन, तर हाम्रो पुरुष प्रधान समाजमा महिलाले सम्मान पाउन सकेका छैनन् ।

हरेक दिन बलात्कार र जबर्जस्ति करणीको समाचारहरु आउछन् । के हाम्रो कानुन कमजाेर भएको होला त ? सजाय बढायो भने यस्ता घटनाहरु कम होलान र ? मृत्युदण्ड सजाय हुनुपर्छ भनेर मानिसहरुले भनिरहेका छन् । तर नेपालले मृत्युदण्डको सजाय २०४७ सालको संबिधानबाट हटाइसकेको र सयुक्त राष्ट्रसंघ संगको प्रतिबद्धताको बिपरित जानुपर्ने हुन्छ । मृत्युदण्ड सजाय  मानव अधिकार बिरुद्ध हुन जान्छ । सबै मानिसले बाच्न पाउने अधिकार पाएका छन् । मृत्युदण्डले मानिसको मानसिकता परिवर्तन गर्न सक्दैन । मानिसको मानसिकतालाई परिवर्तन गर्न त समाजको परम्परा र चलनलाई परिवर्तन गर्नु जरुरी छ ।

अपराधीलाई मृत्युदण्ड दिएर सजाय बढाउनु भन्दा सजायलाई अलि कडा बनाएर अनुसन्धानलाई गहिरो तरिकाबाट अगाडी बढाउने, न्याय प्रणाली परिवर्तन गर्ने र पिडितको व्यान र पिडितको परिवारलाई अदालत सम्म पुग्न सुरक्षा दिन सके पिडितले न्याय अवस्य पाउछन ।

राष्ट्र प्रमुख महिला हुदा पनि १३ बर्षकी निर्मलाले न्याय पाउन सकेकी छैनन् । १३ बर्षको कलिलो उमेरमा यस दुस्ट समाजमा एक बालिकाको हत्या हुदाँ हाम्रो कानुन प्रशाशनले यस बारे केहि निर्णय लिन सकेको छैन । २ वर्ष पुरा बितिसक्दा पनि अनुशन्धान जहाको त्यही छ । अनुसन्धान टोली  परिवर्तन भए, प्रशासन परिवर्तन भए तर हामी न्यायको प्रतिक्षामा छौं ।

सजाय बढाउने वा सचेत गराउने भन्ने बिषयलाई पनि हामीले मनन गर्नुपर्छ । सजाय बढाउदैमा घटना रोकिन्छ भन्ने हुदैन । यस बिषयमा सचेत गराउन सक्यौ भने पनि  घटनाहरु कम हुन सक्छन । यौन शिक्षा एउटा महत्वपूर्ण बिषय हो जुन हामी सबैले जान्नुपर्छ । यौन शिक्षाले हामीलाई यौन सम्बन्धि धेरै कुराहरुको ज्ञान दिन्छ जसका कारण यस्ता अमानवीय घटनाहरु कम हुन सक्ने सम्भावना हुन्छ । केहि विद्यालयमा यस बिषयमा खुलेर पढाई हुन्छ तर कतिपय विद्यालयमा स्वास्थ्य शिक्षालाई राम्रो संग अध्यापन गराउन पनि असहज मानिन्छ । घरमा पनि यस्ता कुरालाई अभिभावकले आफ्ना छोराछोरीको निगरानी राख्न सके यस्ता कुराहरु चाडै बुझ्न पाउछन र यस्ता घटनाहरु विस्तारै समाजबाट हराउन सक्छ ।

तर आज सम्म पनि धेरैले न्याय पाएका छैनन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को भाग २ (फौजदारी कसुरहरु), परिच्छेद १८ (करणी सम्बन्धी कसूर) को २१९ (३) मा महिलाको उमेर हेरी सजाय तोकिएको छ ।

यसमा पिडितको उमेर भन्दा पनि अपराध गर्ने व्यक्ति अनुसार सजाय तोक्नुपर्छ जस्तो मलाई लाग्छ । सामुहिक बलात्कार गर्दा पिडितको उमेर हेरिदैनन । जति उमेरको भए पनि महिलालाई एक्लो बनाएर बलात्कार गरेपछि उनीहरुको मानसिक अवस्था कम्जोर हुन्छ । उमेर अनुसारको सजाय भन्दापनि सबै उमेरको महिलामाथि हुने बलात्कार र करणी जबर्जस्तिमा उत्तिकै सजाय तोकिनु पर्छ । सजायलाई बढाउनु भन्दा पनि अपराधीलाई कसरी सुधार्न सकिन्छ भन्ने तर्फ ध्यान दिनु जरुरी छ र अपराधलाई कम गर्न कसरी समाधान निकाल्न सकिन्छ सोच्न अहिलेको अपरिहार्य आवश्यकता भएको छ ।

हाम्रो समाजमा परिवारको इज्जत र छोरीको भविष्यमा असर पर्छ भनि यस्ता घटनाहरुको उजुरी गर्न सबै डराउछन् र अपराधीको धम्कीले गर्दा कसैले पनि यो सम्बन्धि बोल्दैनन । पहुचवाला व्यक्तिले सजायबाट छुटकारा पाउन भनसुनबाट प्रमाणनै नष्ट समेत गर्ने गर्छन । कति ठाउमा भित्रभित्रै कुरा मिलाएर पैसाको लेनदेन गरेर कुरा समाप्त गर्छन । तर के यस्तो गर्नाले हाम्रो समाजमा नारी सुरक्षित हुन्छन र ? घरमा अभिभावकले छोरीलाई अर्काको घर जान्छन भनेर नैतिक शिक्षाको पाठ  पढाउछन तर छोरालाई स्वतन्त्र छोड्दिन्छन । यस कुरालाई पनि सोच विचार गरेर अभिभावकहरुले छोराछोरी दुबैलाई बराबरी हिसाबले घरमा राख्ने हो भने समाजमा महिला पुरुषको भेदभाव कम हुन्थ्यो होला र यस्ता घटनामा पनि सुधार आउथ्यो होला ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...