30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

काेराेना भाइरस विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साकाे धाेबिनी र जगरनाथपुर गाउँपालिकामा “काेराेना भाइरसका कारण शिक्षामा परेकाे अवसर” विषयक वक्तृत्वकला प्रतियाेगिता आइतबार सम्पन्न भएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित किशाेरी शसक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय बालिका दिवसकाे अवसरमार धाेबिनी गाउँपालिकाकाे श्री कालि प्रसाल लाखे माध्यमिक विद्यालय लंगडी र जगरनाथपुर गाउँपालिकाकाे गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

धाेबिनी गाउँपालिकामा भएकाे प्रतियाेगितामा बबिया खातुन प्रथम, नेहा खातुन द्वितिय र सबुलम खातुन भएका हुन् ।

वडा नं. ४ का वडाध्यक्ष मजिद मियाँकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका प्रअ मदन प्रसाद कानु, भिएसाे नेपालका जिल्ला अधिकृत देबी न्याैपा, आदित्य पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

यस्तै जगरनाथपु गाउँपालिकामा भएकाे प्रतियाेगितामा नुरवानी खातुन प्रथम, सुगान्धि कुमारी द्वितिय र खुसबुन खातुन तृतिय भएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए । 

परियाेजना संयाेजक ठकुरीकाे अध्यक्षता र वडा नं. २ का अध्यक्ष बिहारी महताेकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिता भएकाे थियाे ।

प्रतियाेगितामा किशाेरी सशक्तिकरणकाे लागि विद्यालय बाहिर रहेका किशाेरीहरुलाई मध्यनजर गर्दै संचालन भइरहेकाे वृज कक्षामा अध्ययनरत ३२ जना किशाेरीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.389 sec. Memory consumption:81.5 mb