Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईमा शैक्षिक क्रियाकलाप सम्बन्धि कार्यक्रममा जनप्रतिनिधि सहभागी नभएपछि प्रदर्शन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा शनिबार शैक्षिक क्रियाकलाप सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल बिधार्थी संघ कालिकामाई गाउँपालिकाको आयोजनामा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले काेराेना भाइरस संक्रमणकाे सावधानीहरु अपनाउदै बिधालयहरुमा पठनपाठन शुचारु गर्न जोड दिएका छन् । समाजिक दुरीकाे पालना गरेर भएपनि कक्षा संचालन गर्नु पर्ने उनीहरुकाे सुझाव छ ।

कार्यक्रममा वाेल्दै जनता मावि मुडलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद कुर्मीले गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिले शैक्षिक क्रियाकलापलाई बिर्सेको आरोप लगाए । शैक्षिक क्रियाकलाप सम्बन्धि अन्तरक्रिया कार्यक्रममासमेत गाउँपालिका अध्यक्षसहितकाे जनप्रनितिधि सहभागि नहुनु त्यसकाे प्रमाण भएकाे उनकाे भनाई थियाे ।

श्री सुकई साह माध्यमिक बिधालयका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद चौरसियाले जनप्रतिनिधीहरुले आफुलाई घरमा बोलाउन खोज्दा नगएको र बिधालयमा आई विद्यालयकाे गतिबिधीको बारेमा छलफल गर्न भन्दा हुन नसकेकाे वताए ।

श्री दिब्य कन्या मावि बिरन्चीवर्वाका प्रध्यानाध्यापक रामयतन प्रसादले केन्द्रिय केही सर्कुलर आएको तर गाउँपालिकाको सर्कुलर नआएका कारण बिधालय बन्द अवस्थामा रहेको र मात्रै बिधालय भर्ना शुरु भएको बताए ।

पत्रकार छठु साहले बिधालयलाई संचालन गर्न सम्मपूर्ण शिक्षा प्रेमी, अभिभावक, जनप्रतिनिधीहरुको समन्वय बिना संचालन हुन नसक्ने भएका कारण गाउँपालिकाले पहल गर्नु पर्ने बताए । उनले हप्तामा एउटा कक्षा संचालन १/२ दिन भए पनि गर्नु पर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडाका अध्यक्षहरुलाई बाेलाइए पनि वडा नम्बर १ का वडाअध्यक्ष रामाशिष यादव र कार्यपालिका सदस्य रामानन्द ठाकुरका मात्र सहभागि भएका थिए । दुबै जनाले आफुहरु शिक्षाका लागी बिधार्थीहरुको पक्षमा लडन र काम गर्न तयार रहेको वताउदै कार्यक्रममा उठेका सबै कुरा गाउँपालिकाको बोर्ड बैठकमा राख्ने प्रतिबद्धता जनाए ।

नेपाल बिधार्थी संघ कालिकामाईका अध्यक्ष राजेश कुश्वाहाले जनप्रतिनिधी तथा शिक्षा समितीलाई पटक पटक आग्रह गर्दा पनि कार्यक्रममा नआउनु कालिकामाई गाउँपालिकाका बिधार्थीहरुको जीवन प्रति खेलवाड गरेको आरोप लगाए ।

दिनप्रतिदिन बिधार्थीहरु डिप्रेसनमा जाने गरेका कारण जुन हालतमा पनि सावधानी अपनाउदै विद्यालय संचालन गर्न श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कटीबलुवाका रहमत मियाँकाे भनाई थियाे ।

श्री जनता मावि मुडलीमा भएकाे कार्यक्रमकाे संचालन नेपाल बिधार्थी संघका आकाश चौरसियाले गरेका थिए ।

यसै बिच कार्यक्रममा जनप्रतिनिधिहरु सहभागि नभएकाे आक्राेशमा विद्यार्थीहरु प्रदर्शन गरेका छन् । काेराेना महामारीका कारण ७ महिनादेखी अवरुद्ध शौक्षिक क्रियाकलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाका वडाध्यक्षहरु सहभागि नभएकाे विराेधमा प्रदर्शन गरिएकाे नेवि संघ कालिकामाईका अध्यक्ष कुशवाहाले वताए ।

कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र सबै वडाका वडाध्यक्षहरुलाई बाेलाईए पनि वडा नं. १ का वडाध्यक्ष वाहेक अरु काेई जनप्रतिनिधि सहभागि नभए पछि कार्यक्रम सम्पन्न पश्चात मुडली, भेडिहारी र प्रशुरामपुरमा मशाल जुलुश प्रदर्शन गरिएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...