Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

डा. केसीकाे समर्थनमा पाेखरियामा तेस्राे दिन पनि प्रदर्शन

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरियामा अनशनरत डा. गाेविन्द केसीकाे समर्थनमा शनिबार तेस्राे दिन पनि प्रदर्शन गरिएकाे छ ।

नेपाली कांग्रेस निकट नेवि संघ पोखरिया नगर कार्य समितिकाे आयाेजनामा डा. केसीको समर्थनमा तेस्रो दिन पनि प्रदर्शन गरिएकाे हाे । चिकित्सक शिक्षा सुधारकाे मागँ गर्दै १९ औं पटक अनशनरत डा केसीको मागहरु पुरा गरी जीवन रक्षाकाे गर्न दबावकाे लागि नेवि संघले लगातार ३ दिनदेखी प्रदर्शन गर्दै आएकाे छ ।

हाम्रो स्वस्थय हाम्रो हाथमा हामी सबै डा गोबिन्द केसीको साथमा, केपी ओलीको मिसन सिटामोलमा कमिसन, डा केसीको अनसन माफियालाई टेन्सन, डा केसीको जीवन रक्षा गर लगायतका नारा लेखिएकाे प्लेकार्ड सहित पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पर्ने पाेखरिया बजारकाे बस स्टेन चाैकमा आधि घण्टा प्रदर्शन गरिएकाे हाे ।

नेवि संघ पाेखरियाका नगर सभापति सन्तोष महतोको अध्यक्षतामा भएकाे प्रदर्शनमा ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदी, नेपाल तरुण दल क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुरेन्द्र सिंह, महेन्द्र साह, बिधार्थी नेता रबि गुप्ता, मनोज कलवार, अखलाख आलम, अफरोज आलम, क्युम आलम, निरंजन क्षेत्री, रूसतम आलम, ज्ञानेन्द्र त्रिपाठी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...