23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

‘हिन्दु-मुस्लिम एकता आजको आवश्यकता‘ विषयक अन्तरक्रिया

वीरगञ्ज । ‘हिन्दु-मुस्लिम एकता आजको आवश्यकता‘ विषयक अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र ३ का युवाहरुले आयोजना गरेको हिन्दु-मुस्लिम एकता आजको आवश्यकता विषय अन्तरक्रिया कार्यक्रममा देश र समाजलाई अगाडी बढाउँन सबै समुदाय मिल्नुको विकल्प नरहेको वक्ताहरुले बताएका छन् ।

वर्षौंदेखि मिलेर बस्दै आएको हिन्दु-मुस्लिम समाज एकतालाई केहि उच्छृंकल व्यक्तिहरुले खलबलाउन खोजिरहेको बताउँदै वक्ताहरुले त्यस्ता तत्वहरुलाई समाजबाट वहिष्कार गर्नुपर्ने सुझाव दिएका थिए ।

अली हसनको अध्यक्षतामा भएकाे कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेश मान सिंह, बाबुलाल यादव, सिपु तिवारी, मुकेश द्धिवेदी, शाहवान मियाँ, कलाम मियाँ ठकुराई, सलाउद्दीन मंसूरी, जबार मंसूरी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारलगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.959 sec. Memory consumption:81.46 mb