Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा फेरी काेराेना संक्रमित बढदै, थप ३१ जनामा संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा काेराेना परिक्षणकाे दायरा बढेसंगै फेरी काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार गरिएकाे परिक्षणमा पर्साका ३१ र बाराका ३ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

आरटी पिसिआर विधिबाट पर्साका २६६ जना र बाराकाे २२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा कुल ३४ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेहरु ११ बर्षदेखी ५५ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी ३४ सम्म रहेकाे छ । थपिएका संक्रमित मध्ये ३ महिला र ३१ पुरुष रहेका छन् ।

पर्साकाे वीरगंज आर्मी ब्यारेकका १४ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ११, २२, ३ का १-१ जना, बहुदरमाई नगरपालिकाका ३ जना र पकहा मैनपुर गाउँपालिकाका एक जना संक्रमित भएका छन् ।

त्यसैगरी, वीरगंजकाे आदर्शनगर रंगशालामा गरिएकाे स्वाब संकलन मध्ये १० जनाकाे रिपाेर्ट काेराेना पाेजिटिभ देखिएकाे छ ।

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का ५५ बर्षिय पुरुष, निजगढ नगरपालिका वडा नं. ९ का ३५ बर्षिय पुरुष र कलैया उपमहानगरपालिकाकाे वडा नं. ३२ बर्षिय पुरुष पनि संक्रमित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...