23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सामा फेरी काेराेना संक्रमित बढदै, थप ३१ जनामा संक्रमण पुष्टि

वीरगंज । पर्सामा काेराेना परिक्षणकाे दायरा बढेसंगै फेरी काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार गरिएकाे परिक्षणमा पर्साका ३१ र बाराका ३ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

आरटी पिसिआर विधिबाट पर्साका २६६ जना र बाराकाे २२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा कुल ३४ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेहरु ११ बर्षदेखी ५५ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी ३४ सम्म रहेकाे छ । थपिएका संक्रमित मध्ये ३ महिला र ३१ पुरुष रहेका छन् ।

पर्साकाे वीरगंज आर्मी ब्यारेकका १४ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ११, २२, ३ का १-१ जना, बहुदरमाई नगरपालिकाका ३ जना र पकहा मैनपुर गाउँपालिकाका एक जना संक्रमित भएका छन् ।

त्यसैगरी, वीरगंजकाे आदर्शनगर रंगशालामा गरिएकाे स्वाब संकलन मध्ये १० जनाकाे रिपाेर्ट काेराेना पाेजिटिभ देखिएकाे छ ।

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का ५५ बर्षिय पुरुष, निजगढ नगरपालिका वडा नं. ९ का ३५ बर्षिय पुरुष र कलैया उपमहानगरपालिकाकाे वडा नं. ३२ बर्षिय पुरुष पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.877 sec. Memory consumption:81.4 mb