Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

डा. केसीको समर्थनमा नेवि संघद्वारा पाेखरियामा प्रदर्शन

spot_img
spot_img

वीरगंज । चिकित्सक शिक्षा सुधारको माग गर्दै अनशरत डा.गोबिन्द केसीको समर्थनमा शुक्रबार पोखरियामा प्रदर्शन गरिएकाे छ ।

नेवि संघ पोखरिया नगर कार्य समितिकाे आयोजना पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारकाे बस स्टेनमा प्रदर्शन गरिएको हाे । बिराेध प्रदर्शनमा सहभागिहरुले सरकार आफ्नो नियत सच्याउ, डा. गोबिन्द केसीलाई तुरन्त बचाउ, डा.केसीको अनशन माफियालाई टेन्सन, केपी ओलीको मिसन सिटामोलमा कमिसन, डां केसीको जीवन रक्षा गर जस्ता नारा लेखिएकाे प्ले कार्ड बाेकेका थिए ।

नेवि संघ पाेखरियाका सभापति संताेश महताेकाे नेतृत्वमा भएकाे कार्यक्रममा नेवि संघका नेता राजु गिरी, मनोज कलवार, अखलख आलम, क्युम आलम, निरंजन क्षेत्री, पवन गुप्ता, कैस अन्सारी, नवल ठाकुर लगायतका सहभागिता रहियो ।

यस अघि बिहिबार पनि डा. केसीकाे जिवन रक्षाकाे लागि नेवि संघ पाेखरियाले दिप प्रज्वलन गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...