23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सांसद यादवद्वारा ढलान सड़क तथा नाला उद्घाटन

 बीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १८ भवानीपुर ईनरवा टोलमा निर्माण भएकाे सड़क ढलान तथा नालाको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले उद्घाटन गरेका छन ।

स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोषबाट सम्पन्न भएको सड़क ढलान तथा नाला निर्माण कार्यको आज एक कार्यक्रम का बिच सांसद यादवले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सबैको सहयोगले मात्र बिकास निर्माण कार्यको गती बढ़ने बताए । उनले आफुले यस क्षेत्रको विकासको लागि जनताको जनचाहना अनुरुप विकास कार्यहरू शुरू गरेको जनाए ।

अगामी दिनहरूमा पनि यस वडाको विकासको लागि नयाँ योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिईने बताए । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, जनता समाजवादीका नेता उमाशंकर तिवारी, ओमप्रकाश साह, मोहन राउंत कुर्मी, सांसद प्रतिनिधि घनशयाम गुप्ता लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.398 sec. Memory consumption:81.47 mb